४ श्रावण २०८३, सोमबार | July 20, 2026

काठमाडौं उपत्यकामा सनराइज बैंकका एकैदिन पाँच नयाँ शाखा उद्घाटन




काठमाडौं । सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले आइतबार एक कार्यक्रम आयोजना गरी डिजिटल माध्यमबाट काठमाडौं उपत्यकामा चारवटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो ।

बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयहरुको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेलले कोभिड १९ को असरका कारण खर्च कटौतिमा ध्यान दिनुपर्ने अवस्था आएपनि पूर्व निर्धारित योजना अनुसार शाखा कार्यालयहरु सञ्चालनमा ल्याइएको बताए ।

सीईओ पौडेलले शाखा कार्यालयको विस्तार भएसँगै त्यस क्षेत्रका नागरिकहरुका लागि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

आफ्ना शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न, सम्पूर्ण बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

सनराइज बैंकको नयाँ शाखा कार्यालयहरु स्थापना भएसँगै शाखा कार्यालयको संख्या १ सय ३४ पुगेको छ । बैंकले ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा विस्तारित काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्नाकरिब ६ लाख ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ ।

साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, विस्तारित काउन्टर र ए.टि.एम हरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १२ : ३६ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री