६ जेष्ठ २०८२, मंगलबार | May 21, 2025

शिवराज नगरपालिकाबाट कृषकलाई कृषि सामाग्री वितरण



कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले व्यावसायिक किसानलाई कृषि सामग्री वितरण गरेको छ ।

नगरका सात पशुपालक किसानलाई घाँस उत्पादनका लागि घाँसको बीउ र पम्पसेट वितरण गरेको छ । सात पशुफार्मका सञ्चालकलाई नगरप्रमुख नेत्रराज अधिकारीले सामग्री वितरण गरेका हुन् ।

नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को पशु विकासतर्फ पशु आहार कार्यक्रमअन्तर्गत घाँसको बीउ उत्पादन स्रोत केन्द्र तथा नमूना नर्सरी स्थापना शीर्षकअन्तर्गत नगरमा सञ्चालनमा रहेका उन्नत कृषि तथा पशुपालन फार्मका जीवलाल काफ्लेले घाँसको बीउ र पम्पसेट पाएका छन् ।

यस्तै, भितिरियाको श्री सोनवागढ बहुउद्देश्य कृषि फार्मका सञ्चालक राजु खराल, सेमरीको कपिल गाई तथा भैँसीपालन फार्म सञ्चालक कपिल यादव, ककरहवाको एग्रिकल्चर पोल्ट्री फार्म सञ्चालक सुरज पाण्डेले पनि पम्पसेट र घाँसको बीउ पाएका छन्

यसैगरी पम्पसेट, घाँसको बीउ पाउनेमा मामा भान्जा बहुउद्देश्य कृषि तथा पशु फार्म सञ्चालक ताराप्रसाद घिमिरे, सिद्ध पशु तथा कृषि फार्म सञ्चालक वीरबहादुर सुनार र इन्द्रप्रताप सेन ररहेका छन् ।

त्यस अवसरमा नगरप्रमुख अधिकारीले किसानले उन्नत जातको घाँस उत्पादन गरी पुनः नगरलाई २० प्रतिशत निःशुल्क बीउ प्रदान गर्नुपर्ने बताए । उनका अनुसार यसबाट अर्को वर्ष उन्नत बीउ खरिद गर्न नपर्ने र अन्य किसानलाई वितरण गर्न सजिलो हुनेछ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ८ : ०५ बजे

चौरजहारीमा आयोजित जनसभा मध्य पहाडी लोकमार्ग अभियानकै उत्कट : प्रचण्ड

रूकुम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्व पौडेल गभर्नरमा नियुक्त

काठमाडौं । सरकराले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा विश्वनाथ

गभर्नरका लागि विश्व पौडेलको नाम एक नम्वरमा सिफारिस

काठमाडौं । गभर्नर सिफारिस समितिले प्राडा विश्वनाथ पौडेलको नाम एक

विश्व पौडेल विरुद्ध रिट दर्ता नगर्ने आदेश सदर

काठमाडौं। सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

नवलपुरमा बस र माइक्रो ठोक्किदा ९ जना घाइते, ५ को अवस्था गम्भीर

नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा