१२ श्रावण २०८१, शनिबार | July 27, 2024

यातायात व्यवसायी महासंघ सार्वजानिक बस चलाउन सहमत, आज मध्यान्ह यातायात व्यवस्था विभागमा सर्वपक्षीय बैठक




काठमाडौं। अन्ततः यातायात व्यवसायीहरु सरकारको आग्रह स्वीकार गर्दै सार्वजनिक यातायात संचालन गर्न सहमत भएका छन् ।

विगतमा यातायातमा सिण्डीकेट लगाउँदै आएका व्यवसायीहरु विरुद्ध सिन्डिकेट विरोधी यातायात व्यवसायीले ग्यारेजबाट गाडी निकाल्न थालेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गतका ब्यवसायीहरुले सार्वजानिक सवारी चलाउन मञ्जुर भएका हुन्।

जे कुरामा पनि सरकारलाई दबाबमा राख्न खोज्ने यातायात व्यवसायी विरुद्ध व्यवसायीहरु नै खडा भएपछि सिन्डिकेडको पक्षधरहरु सवारी निकाल्न सहमत बनेका हुन् । यसअघि, आफ्ना मागहरु पूरा नभएसम्म गाडी नै ननिकाल्ने अडान राखेका थिए ।

तर, यातायात व्यवस्था विभागमा गत सोमबार भएको बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ आवद्ध व्यववसायीहरु बस संचालन गर्न सहमत भएका थिए । विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा बसेको बैठकले बस संचालन गर्ने मिति भने आज तय गर्ने निर्णय गरेको छ।

आज यातायात व्यवस्था विभागमा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य विज्ञ, यातायातका तीनै ट्रेड युनियन, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतको बैठक बसेर बस संचालन गर्ने निर्णय हुनेछ।

पार्किङमा थन्किएका बसहरु मरमत नगरी चलाउन सकिने अवस्था नरहेको भन्दै ब्यवसायीहरुले बिभिन्न सर्तहरु राखेका थिए । उनीहरुले अघोषित रुपमा बसहरु सडक सम्म ल्याउन सक्ने बनाउन लाग्ने खर्चको समेत राज्यबाट अपेक्षा गरेका थिए भने बैंक किस्ताको म्याद सार्ने, ब्याज मिनाहा, स्वास्थ्य सामाग्रीको ब्यवस्थापन लगायतको माग सवारी चलाउनु अघि सरकारले सम्बोधन गर्नु पर्ने सर्त राखेका थिए ।

मन्त्रिपरिषदको बैठकले शुक्रबारबाट जिल्लाभित्र सार्वजनिक सवारीसाधन संचालन गर्न दिने निर्णय गरेको थियो। सरकारले आफूहरुसँग छलफल नै नगरी निर्णय गरेको भन्दै व्यवसायीहरु गाडी नचलाउने अडानमा थिए।

यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार आकस्मिक बैठक बसेर सरकारले निर्णय गरे पनि बस संचालन गर्न वातावरण नै नभएको निष्कर्ष निकाल्दै माग पूरा नभएसम्म देशभरिका आफू मातहतका सवारीसाधन संचालन नगर्न सर्कुलर नै गरेका थिए ।

महासंघको सर्कुलरका कारण सरकारले गाडी चलाउन दिने निर्णय गरेको भए पनि बिगत ३ दिन केही ट्याक्सी बाहेकका सवारीसाधन संचालन नै भएका थिएनन् । उनीहरुले ब्याजदर छुट, चालक र सहचालकको बीमा, किस्ता तिर्ने अवधि लम्ब्याउन, रुट परमिट, ब्लुबुक, सवारीचालक अनुमतिपत्र नवीकरण शुल्क छुट लगायतका मागहरु राखेका थिए।

मंगलबारबाट मयुर यातायात लगायतले सडकमा बस गुडाउन सुरु गरिसकेको छ भने भने साझा बसले पनि साउन १ गतेबाट सेवा संचालन गर्ने भन्दै तयारी गरेपछि नचलाउने अडान लिएका ब्यवसायीहरुलाई दवाव बढेको थियो ।

महासंघमा आवद्ध नभएका मयुरसहित संयुक्त यातायाताले पनि बसहरु संचालन गर्न थालेको छ । सुन्दर यातायातले मंगलबार बिहानैबाट बस चलाएको छ भने जोरपाटी–रत्नपार्क, रत्नपार्क–कलंकी चल्ने नीलो माइक्रो र सफा ट्याम्पोहरु पनि संचालनमा आएका छन्।

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी महासंघ र तीनवटै ट्रेड युनियनलाई सहित बसेको बैठकमा यातायात मन्त्री वसन्त नेम्वाङले विशेष परिस्थिति रहेका कारण आन्दोलनमा जस्तो माग राख्ने र सरकारले पूरा गर्ने वातावरण नभएको भन्दै यातायात संचालन गर्न आग्रह गरेका थिए। मन्त्री नेम्वाङले विभिन्न माग राख्दै अहिलेको अवस्थामा सवारीसाधन संचालन नगर्नु अनुचित भएको भन्दै तत्कालै संचालन गरेर सरकारलाइ सहयोग गर्न ब्यवसायीहरुलाई आग्रह गरेका थिए। उक्त बैठक पछि व्यवसायीहरु यातायात संचालन गर्न सकारात्मक भएका हुन्।

उनीहरुले न्युनतम रुपमा सरकारले बीमा र स्वास्थ्य सामाग्री उपलब्ध गराइदिनुपर्ने भन्दै व्यवसायीहरुले यातायात मजदुरहरुको सुरक्षा भए बस चलाउन सकिने बताए ।

पश्चिम नेपाल यातायात प्रा.लिका अध्यक्ष दधिराम न्यौपानेले महासंघले सर्कुलर नगरेको बताउँदै बस चलाउनुको बिकल्प नभएको बताए । उनले भने, ‘आज १ बजे पुन बैठक बस्दैछ भन्ने सुनेको छु, सहमति हुन्छ र बस चल्छ ।

व्यवसायीहरुले स्टेशनमा मात्रै रोक्ने र यात्रु चढाउने तथा ओराल्ने,स्थानीय तहले ठाउँ ठाउँमा हात धुने व्यवस्था गरिदिनुपर्ने माग गरेका छन्। सबै बस स्टपहरुमा हातधुने व्यवस्था गरिदिने व्यवस्था मिलाइदिन स्थानीय तहलाई उनीहरुको आग्रह छ । आज हुने बैठकमा काठमाडौं, ललितपुर, भक्तपुर लगायतका स्थानीय तहका जनप्रतिनिधिलाई समेत बोलाइएको बताईएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : ३८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्