१६ बैशाख २०८१, आइतबार | April 28, 2024

१५ प्रतिशतसम्म बढ्यो अन्तरप्रदेश गाडी भाडा 



काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तररीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।

यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै यातायात व्यवसायीहरूले सवारी साधनको भाडा बढाउन माग गर्दै आएका थिए ।

यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो । तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले २७ असारमा पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर भाडा बढाउने मन्त्रीस्तरीय निर्णय गरेका थिए ।

लामो दूरीका सवारी भाडा बढेसँगै छोटो दुरीको सवारी भाडा समेत बढाउन व्यवसायीले लबिङ थालेका छन् । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन व्यवसायीले भाडा बढाउन प्रदेश सरकारसँग माग र्दै आएका छन् ।

[pdf-embedder url=”https://khabarkura.com/wp-content/uploads/2022/04/final-yatayat-vada.pdf”]

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ३ : ५५ बजे

फाकफोकथुम गाउँपालिकाबाट इलाम-२ को मतगणना सुरु

इलाम । इलाम-२ मा मतगणना सुरु भएको छ । मुख्य

नेपाल र इण्डियन चेम्बर अफ कमर्सबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इण्डियन चेम्बर अफ

नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको

बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय

इलाममा ११ बजेपछि मतगणना

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा