१६ चैत्र २०८२, सोमबार | March 30, 2026

पूर्व लडाकु ‘जोखिम’ हतियार सहित पक्राउ



मोरङ । माओबादीका पुर्व लडाकु जोखिम र नन्दकिशोर नामले चिनिने नन्दबहादुर बाृहोरालाई प्रहरीले मोरङको उर्लाबारीबाट हतियार सहित नियन्त्रणमा लिएको छ ।

उर्लाबारीमा बस्दै आएका कालिकोटका बोहोरालाई कटुवा पेस्तोल, सकेट बम र अन्य हतियार सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका बोहोरासँगबाट प्रहरीले कटुवा पेस्तोल १ थान, थ्रीनटथ्रीको गोली राउण्ड ३ थान, सकेट बम १ थान, ईलेक्ट्रिक डेटोनेटर केवल सहित १ थान, नेपाल टेलिकमको सिम ७ थान, एनसेलको सिम २ थान,मोबाईल १ थान, ब्याट्री ४थान, पूर्व लडाकु संघ नेपाल लेखिएकोस्टाम प्याड १ थान र पेनड्राईभ १ थान बरामद गरेको छ ।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बोहरालाई घरमा लुकीछिपी बसिरहेको अवस्थामा उक्त हातहतियार तथा विभिन्न सामग्रीहरु सहित पक्राउ गरेको बताएको छ ।

बोहोरा २०७६माघ५ गते मिक्लाजुङ्ग गाउँपालिका-१ साकेलाथानस्थित सडकखण्डमा निर्माण कार्यमा प्रयोग भएका ३ वटा स्काभेटरमा बम बिस्फोटन गराएको, २०७६माघ१० गते केरावारी गाउँपालिका-१० स्थित केरावारी गाउपालिकाको कार्यालयमा र २०७६ माघ१२ गते केरावारी गाउँपालिका-२ स्थित एनसेलको टावरमा बम बिस्फोटन गराएको लगायतका घटनामा संग्लग्न भएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले झापा तथा सुनसरीका विभिन्न स्थानहरुमा समेत बिष्फोटन भएको घटनामा संलग्न रहनुका साथै भोजपुर तथा संखुवासभामा हातहतियार सम्बन्धी बिभिन्न घटनामा समेत बोहोरा संलग्न रही फरार रहेको अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  २ : ३१ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन