११ कार्तिक २०८३, बुधबार | October 28, 2026

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने



काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा नपाउने समस्या देखिएपछि वैदेशिक रोजगार विभागले ‘क्यू फ्री’ व्यवस्था लागू गरेको छ।

सरकारले आवेदन दिएकै दिन श्रम स्वीकृति उपलब्ध गराउने निर्णय गरे पनि टोकन प्रणालीका कारण श्रमिकहरूले सोही दिन कोटा पाउन नसकेको गुनासो बढेपछि विभागले क्यू ९लाइन० हटाउने निर्णय गरेको जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै आइतबार आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था लागू गर्ने निर्णय गरेका थिए। तर, टोकन प्रणाली कायम रहँदा श्रमिकहरूलाई लाइनमा बस्नुपर्ने भएकाले आवेदन दिएको दिन नै टोकन नपाउने अवस्था देखिएको थियो।

विभागले क्यू फ्री व्यवस्था लागू गरेपछि अब आवश्यक कागजातसहित आवेदन पेस गरेमा सोही दिन पुनः श्रम स्वीकृति प्राप्त गर्न सकिनेछ।

हाल पुनः श्रम स्वीकृति अनलाइनमार्फत नै लिन सकिने व्यवस्था छ, जसका लागि कार्यालय धाउनुपर्ने बाध्यता छैन। तर, आवेदन दिन आवश्यक कागजातहरू भने पूरा गर्नुपर्छ। यसका लागि पासपोर्ट साइजको फोटो, राहदानी, भिसाको स्क्यान कपी, राहदानीमा अध्यागमनले लगाएको प्रस्थान (डिपार्चर) र आगमन (अराइभल) स्टाम्प भएको पानाको स्क्यान कपी आवश्यक पर्छ।

यसका अतिरिक्त वैदेशिक रोजगार म्यादी बीमा गर्नुपर्नेछ भने सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरी वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा पनि तोकिएको शुल्क बुझाउनुपर्छ। यी सबै प्रक्रिया पूरा गरी आवेदन दिएपछि अब अनलाइनमार्फत सोही दिन पुनः श्रम स्वीकृति प्राप्त गर्न सकिने विभागले जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १२ : ४२ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ