१ भदौ २०८३, सोमबार | August 17, 2026

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने



काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा नपाउने समस्या देखिएपछि वैदेशिक रोजगार विभागले ‘क्यू फ्री’ व्यवस्था लागू गरेको छ।

सरकारले आवेदन दिएकै दिन श्रम स्वीकृति उपलब्ध गराउने निर्णय गरे पनि टोकन प्रणालीका कारण श्रमिकहरूले सोही दिन कोटा पाउन नसकेको गुनासो बढेपछि विभागले क्यू ९लाइन० हटाउने निर्णय गरेको जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै आइतबार आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था लागू गर्ने निर्णय गरेका थिए। तर, टोकन प्रणाली कायम रहँदा श्रमिकहरूलाई लाइनमा बस्नुपर्ने भएकाले आवेदन दिएको दिन नै टोकन नपाउने अवस्था देखिएको थियो।

विभागले क्यू फ्री व्यवस्था लागू गरेपछि अब आवश्यक कागजातसहित आवेदन पेस गरेमा सोही दिन पुनः श्रम स्वीकृति प्राप्त गर्न सकिनेछ।

हाल पुनः श्रम स्वीकृति अनलाइनमार्फत नै लिन सकिने व्यवस्था छ, जसका लागि कार्यालय धाउनुपर्ने बाध्यता छैन। तर, आवेदन दिन आवश्यक कागजातहरू भने पूरा गर्नुपर्छ। यसका लागि पासपोर्ट साइजको फोटो, राहदानी, भिसाको स्क्यान कपी, राहदानीमा अध्यागमनले लगाएको प्रस्थान (डिपार्चर) र आगमन (अराइभल) स्टाम्प भएको पानाको स्क्यान कपी आवश्यक पर्छ।

यसका अतिरिक्त वैदेशिक रोजगार म्यादी बीमा गर्नुपर्नेछ भने सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरी वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा पनि तोकिएको शुल्क बुझाउनुपर्छ। यी सबै प्रक्रिया पूरा गरी आवेदन दिएपछि अब अनलाइनमार्फत सोही दिन पुनः श्रम स्वीकृति प्राप्त गर्न सकिने विभागले जनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  १२ : ४२ बजे

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट

टप एन्ड टी-२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?

काठमाडौं । अष्ट्रेलियाको टप एन्ड टी-२० सिरिजमा नेपाल दोस्रोपटक सहभागिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।