७ आश्विन २०८३, बुधबार | September 23, 2026

१८ वर्षको इतिहासमा विशेष अदालतमा सबैभन्दा धेरै मुद्दा दर्ता



काठमाडौं । आर्थिक वर्ष ०७६/७७ मा विशेष अदालतमा सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् । १८ वर्षको इतिहासमा यो बर्ष सवैभन्दा धेरै चार सय ५० थान मुद्दा दर्ता भएको विशेष अलदालतले बताएको छ ।

अदालतको इजलास अपुग भएको र मुद्दा दर्ता बढ्दै गएको तथा मानवीय र भौतिक अभावका कारण मुद्दा थपिदै गएको विशेष अदालतका अध्यक्ष शिबराज अधिकारीले बताए । एउटै मुद्दामा धेरै प्रतिवादी, प्रमाणको गहन अध्ययनपछि मात्रै फैसला गर्न सकिने भएकाले विशेष अदालतमा मुद्दाको चाप बढिरहेको अध्यक्ष अधिकारीको भनाई थियो ।

अहिले बिशेष अदालतलाई भ्रष्ट्राचार, अकुत सम्पत्ति, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा हेर्ने कार्यक्षेत्र छ । अनुसन्धान गर्ने निकाय अख्तियार, सम्पत्ति शुद्धिकरण विभाग जस्ता कार्यालय सुविधा सम्पन्न र प्रविधीको उच्चतम उपयोग गरिरहेका भएपनि न्यायिक मन प्रयोग गर्ने विशेष अदालत भने न्यून स्रोत साधनमा सञ्चालन भएकाले यि दुईबीचको खाडल पुर्ने प्रमुख चुनौति विशेष अदालतलाई रहेको रजिष्ट्रार अशोककुमार क्षेत्रीले बताए।

मूलुकको सुशासनसँग जोडिएको विशेष अदालतले भौतिक देखि कर्मचारीसम्मको अभावले रणनीतिक योजना अनुसारको उपलब्धी हाँसिल गर्ने सकेको छैन । यद्यपी यसबर्ष आर्थिक बर्ष नसकिदै यो बर्ष भएका सबै फैसलाको पूर्णपाठ तयार पार्न सक्षम देखिएको छ ।

साथै बिशेष अदालतले स्थापनाको १८ बर्षपछि विशेष अदालत नियमावली ल्याउन पहल पनि सुरु गरेको छ । विशेष अदालत ऐन २०५९ अनुसार गठन भई भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दाको सुनुवाई गर्ने विशेष अदालतले नियमावली ल्याउन पहल गरेको हो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : ०० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११