१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बैंक क्लोजिङको खाजा खर्च जोगाएर मृगौलाका बिरामीलाई सहयोग



बुटवल । कपिलवस्तुका दुई जना मृगौलाका बिरामीलाई सिद्धार्थ बैक लिमिटेडका कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन् ।

मृगौला पीडित हरी न्यौपाने र शिवराज नगरपालिका चन्द्रौटाका प्रकाश विक्रम जि.सी.लाई बैंकका जीतपुर कपिलवस्तु शाखामा कार्यरत कर्मचारीहरुले आफ्नो दैनिक खाजा खर्च कटाएर वाणगंगा आर्थिक सहयोग गरेका हुन ।

बैकका जीतपुर शाखा प्रबन्धक मनोज पौड्यालले सो रकम पीडित परिवारलाई हस्तान्तरण गरेका थिए ।

प्रत्येक आर्थिक बर्षको अन्त्यमा कर्मचारीहरुले क्लोजीङ पार्टि गर्ने गरेको र यस बर्ष कोरोना भाईरसको कारणले सामाजीक दुरी कायम गर्नुपर्ने भएकाले क्लोजीङ पार्टि नगरी सो रकम मृगौला पीडितलाई सहयोग गरीएको शाखा प्रबन्धक पौड्यालले बताए ।

रकम ग्रहण गर्दै मृगौला पीडित न्यौपाने र जिसीले बैङ्कलाई धन्यबाद दिए । कर्मचारीहरु सुरज राजवंशी, दिलिप पौडेल, योगेश पराजुली, कुलदिप बेल्वासे, अनिल कुँवर क्षेत्री र हिम्मत भुषालबाट सो रकम संकलन भएको थियो ।

दुवै जनाको आर्थिक अवस्था निकै दयनीय भएकाले सहयोग गरेको कर्मचारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ३४ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत