५ पुस २०८२, शनिबार | December 20, 2025

विश्व बैंकको ५४ अर्ब ऋण सहयोग



काठमाडौं । विश्व बैंकले नेपाललाई ५४ अर्ब ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

नेपालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति विश्व बैंकले नेपाल सरकारलाई ५४ अर्ब ऋण सहयोग उपलव्ध गराउने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा शुक्रबार अर्थ मन्त्रालयमा नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले ऋण सहयोगसम्बन्धी सम्झौतामापत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री खतिवडाले सीमापार व्यापार तथा सडक सञ्जाल विस्तारसँगै कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

उनले नेपालको आर्थिक वृद्धि, राष्ट्रिय एवं क्षेत्रीय एकीकरणमा परियोजनाबाट मद्दत मिल्ने र त्यसले दिगो आर्थिक विकास लक्ष्य हासिल गर्न सघाउ पुग्ने बताए ।

बैंकले उपलब्ध गराउने उक्त रकम हालसम्मकै सबैभन्दा ठूलो ऋण सहायता हो ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : २९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता