३१ असार २०८३, बुधबार | July 15, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, विभिन्न २२ जिल्लामा बाढी पहिरोको सम्भावना



काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेको छ ।

देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै पछिल्लो ६ घण्टामा ताप्लेजुङ, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, धादिङ, मकवानपुर, नवलपरासी, तनहूँ, लमजुङ, गोरखा, कास्की, दाङ, कैलाली, कञ्चनपुर, डोटीका केहि स्थानमा मध्यम देखि भारी बर्षा मापन भएको छ ।

जसअनुसार ती क्षेत्रका साना, ठूला नदीहरुमा आकस्मिक वाढी आउनसक्ने सम्भावना रहेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

आज राती देशभर सामान्यदेखी पुर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : ४८ बजे

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली