२० आश्विन २०८३, मंगलबार | October 7, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, विभिन्न २२ जिल्लामा बाढी पहिरोको सम्भावना



काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेको छ ।

देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै पछिल्लो ६ घण्टामा ताप्लेजुङ, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, धादिङ, मकवानपुर, नवलपरासी, तनहूँ, लमजुङ, गोरखा, कास्की, दाङ, कैलाली, कञ्चनपुर, डोटीका केहि स्थानमा मध्यम देखि भारी बर्षा मापन भएको छ ।

जसअनुसार ती क्षेत्रका साना, ठूला नदीहरुमा आकस्मिक वाढी आउनसक्ने सम्भावना रहेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

आज राती देशभर सामान्यदेखी पुर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : ४८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला । गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ ।

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते