४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना कहरमा रगत अभाव हुन नदिन बाँकेका प्रहरीले गरे रक्तदान



नेपालगञ्ज । कोरोनाको कहरबीचमा रगतको अभाव हुन नदिन बाँकेमा प्रहरीले रक्तदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँके र सामुदायिक सेवा केन्द्र, बाँकेको आयोजनामा प्रहरीले रक्तदान गरेका हुन् । कार्यक्रमको बांँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले उदघाटन गरे । रक्तदान कार्यक्रममा जिल्लामा कार्यरत नेपाल प्रहरी तथा ट्राफिक प्रहरीका अधिकृत तथा जवानहरुले रक्तदान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले रगत अभावमा कसैको पनि ज्यान नजाओस् भनेर प्रहरीले रक्तदान गरेको बताए ।

कार्यक्रममा प्रहरीका ९८ जना र ३ जना सर्वसाधारण गरी जम्मा १ सय १ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १२ : ०२ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता