२८ भदौ २०८३, आइतबार | September 14, 2026

सुनसरीको नेपाल भारत सिमा हरिवनमा सशस्त्र प्रहरी र अपराधीक समूहबीच झडप, २ जना घाईते



धरान । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाको घुस्कीमा गएराति सिमा वारपार गर्ने अपराधीक समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

सिमामा अपराधीक क्रियाकलाप गर्ने समूहले सशस्त्र प्रहरीले बोकेको हतियार खोस्न खोज्दा झडप भएको बताईएको छ । हतियार खोसाखोसा हुने क्रममा गोली लागि १ जना अपराधीक समूहका एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

सशस्त्र प्रहरीको नम्वर ४ गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालले दिएको जानकारी अनुसार, हरीनगर गाउँपालिका ७ को घुस्कीमा राति भारतबाट आएका समूहले डिउटीमा खटिएका सशस्त्र प्रहरीले बोकेको हतियार खोस्ने क्रममा लोड गरिएको बन्दुक पड्किँदा एक जना तस्करको पेटमा गोली लागि गम्भीर घाइते भएका छन् ।

घाइते हुने हरीनगर ७ घुस्कीका २० वर्षीय सहजद जट अन्सारी रहेका छन् । उनको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

झडपको क्रममा एक जना सशस्त्र प्रहरी जवान पनि घाईते भएका छन् । झडपका क्रममा सशस्त्र प्रहरी जवान जीवराज विसुन्खे पनि घाईते भएको सशस्त्र प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको छ । घाईते जवान विसुन्खेको पकली हस्पिटलमा राखेर उपचार गरिरहेको छ ।

भारत तर्फबाट राति सामान ओसारपसार गर्ने समूहले सिमामा खटिएका सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछि राति ९ बजे झडप भएको थियो ।

भारत तर्फबाट तस्करको ठूलै समूहले बीओपीमा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले पुष्टि गरेको छ ।

घटनास्थलमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १२ : ५५ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा