४ पुस २०८२, शुक्रबार | December 19, 2025

नगद तथा सुन ठगी गरी फरार रहेको अभियोगमा दुई जना पक्राउ



काठमाडौं । नगद तथा सुन ठगी गरेर फरार रहेको अभियोगमा २ जनालाई काठमाडौं टोखा नगरपालिका-८ बानियाँटारबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर बताउने २६ वर्षीय श्रीकृष्ण बस्नेत र सोही ठाउँ बस्ने २२ वर्षीया पिंकी तामाङ रहेका छन् ।

धादिङ गंगाजमुना गाउँपालिका-७ घर भएका २८ वर्षीय पुरूषसँग गत असार ९ गते काभ्रेपलाञ्चोक बनेपाबाट डलर साटीदिन्छु भन्दै नगद १८ लाख रुपैयाँ र साँढे ५ तोला सुन लिई ठगी गरी फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक पठाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको