१६ चैत्र २०८२, सोमबार | March 30, 2026

नगद तथा सुन ठगी गरी फरार रहेको अभियोगमा दुई जना पक्राउ



काठमाडौं । नगद तथा सुन ठगी गरेर फरार रहेको अभियोगमा २ जनालाई काठमाडौं टोखा नगरपालिका-८ बानियाँटारबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर बताउने २६ वर्षीय श्रीकृष्ण बस्नेत र सोही ठाउँ बस्ने २२ वर्षीया पिंकी तामाङ रहेका छन् ।

धादिङ गंगाजमुना गाउँपालिका-७ घर भएका २८ वर्षीय पुरूषसँग गत असार ९ गते काभ्रेपलाञ्चोक बनेपाबाट डलर साटीदिन्छु भन्दै नगद १८ लाख रुपैयाँ र साँढे ५ तोला सुन लिई ठगी गरी फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोक पठाइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ४४ बजे

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई