१५ बैशाख २०८१, शनिबार | April 27, 2024

चालचलन सुधार भएको भन्दै सरकारले राष्ट्रिय पर्वमा रिहा गरेकाहरु पुनः अपराध कर्ममा



नेपालगन्ज  । चालचलनमा सुधार आएको भन्दै कारगारहरुको सिफारिसमा सरकारले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा दिलाएका ब्यक्तिहरु धमाधम पुनः अपराध गर्दै पक्राउ पर्न थालेका छन् । रिहा भएको ६ महिना पुरा नहुँदै सरकारले चालचलनमा सुधार भएको ठहर गरेकाहरु हत्या देखि अपहरण फिरौती जस्ता अपराधमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर रुकुम कारागारबाट कैदमुक्त भएका रुकुम पश्चिम सानी भेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले रिहा भएको २५ औ दिनमा एक महिलाको हत्या गरेको अभियोगमा पक्राउ परेको महिनादिन नबित्दै गत जेठ १४ गते राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एक जना व्यक्ति अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन् ।

बिभिन्न अपराध गरेको पुष्टि भएपछि ९ वर्षको कैद सजाय पाएर जेलमा बसेका रामचन्द्र थापालाई सरकारले असल चालचलन भन्दै कैद सजाय छुट दिएर जेल मुक्त गरेपनि भरतपुर महानगरपालिका वडा नं ९ का ५५ वर्षीय थापालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोपमा चितवन प्रहरीले पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका(१ का औषधी ब्यवसायी सोमराज सुवेदी र उनका १३ वर्षीय छोरालाई अपहरण गरी २५ लाख रुपैयाँ नदिए मारिदिने धम्की दिएको थापामाथि प्रहरीको आरोप छ ।

सुवेदीले भरतपुर १ मा धनवन्तरी मेडिकल सञ्चालन गर्दै आएका छन् । थापाले सुवेदीलाई फोन गरेर २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनलाई भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

जेलबाट छुटेको पाँच महिना नपुग्दै अपहरण गरी ज्यान मार्ने धम्की दिने घटनामा थापा संलग्न भएको पाइएको छ ।

उनीमाथि चितवन प्रहरीले यसअघि २०७५ मंसिर १३ गते उनीविरूद्ध डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्योभन्दा अगाडि २०७३ साल वैशाख २२ गते प्रहरी वृत्त सातदोबाटो ललितपुरले लागूऔषधसम्बन्धी र २०६६ असार ३ गते चितवन प्रहरीले अवैध हातहतियार देखाई डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्यस्तै, २०६६ जेठ २७ गते चितवन प्रहरीले नै उनीविरूद्ध चोरीसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

उता रुकुममा संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्।

असल चालचलन देखाएको भन्दै रिहा भएका लोकबहादुरले मुसिकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना विकको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या अभियोगमा उनलाई गत कार्तिक १ गते रुकुम प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ । आरोपी लोकबहादुरले हत्या गरेको स्वीकार गरेको साथै प्रमाण र अनुसन्धानका क्रममा समेत खुल्न आएको प्रहरीले भनेको छ ।

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पछि कैदमुक्त भएकाले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसिकोट नगरपालिका –१ खलङ्गा बजारको होटेल सत्कारमा हत्या गरेका थिए । अघिल्लो दिन होटेल पुगेका उनीहरुले श्रीमान् श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्बर १ मा बसेका थिए।

होटेलको कोठा २ दिन देखि बन्द भएकोले होटेल सञ्चालकले प्रहरीको सहायतामा कोठा पुग्दा सिरकले छोपिएको अवस्थामा महिलाको शव भेटिएको थियो। घाँटीमा धारिलो चक्कु प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । मृतकका श्रीमान् र हत्या आरोपीको श्रीमती दुबै वैदेशिक रोजगारीमा छन्।

संविधान दिवसमा कैद मिनाहा पाएका रुकुम जेलका ८ जना मध्य लोकबहादुर पनि एक हुन्।

हत्या अभियोग प्रमाणीत भएर कैद भुक्तानी गरिरहेका नेपालगन्जका योगराज ढकाल (रिगल)लाई कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्ध परेको मुद्दामाथि सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदै छ ।

संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो । राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

 

 

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ११ : ४२ बजे

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले