४ पुस २०८२, शुक्रबार | December 20, 2025

आजको मौसम : धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा, पहाडी तथा पश्चिमी तराईमा बाढी पहिरोको सम्भावना



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागदेखि केही दक्षिणतिर अवस्थित छ ।                  जसअनुसार देशभर सामान्य देखि पुर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान २ बजे मापन भएको डाटा अनुसार पछिल्लो ३ घण्टामा कपिलवस्तुको बाणगंगा र आसपास भारी बर्षा भएको थियो भने थप बर्षा हुन सक्ने तथा बाणगंगा, गुडुंग लगायत आसपासका स–साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने विभागले जनाएको छ ।

त्यसैगरी पछिल्लो ३ घण्टामा परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीका धेरैजसो स्थानमा आज विहान ५ बजे भारी बर्षा मापन भएको छ । यसकासाथै थप बर्षा हुन सक्ने सम्भावना पनि रहेको छ ।

जसअनुसार आरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुकासाथै प्रदेश १ र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुकासाथै प्रदेश १ का केही स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको