४ पुस २०८२, शुक्रबार | December 19, 2025

लायन्सले दियो स्वास्थ्य कार्यालय बाँकेलाई पाँचसय थान भिटिएम किट



नेपालगञ्ज । भिटिएम किट नभएका कारण कतिपय जिल्लाहरुमा पिसीआर परिक्षण हुन नसकेको खबर आईरहेका बेला बाँकेमा भने लायन्स क्लव अफ ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ ले कोबिड–१९ परिक्षणको लागि आवश्यक पर्ने पाँच सय थान भिटिएम किट हस्तान्त्रण गरेको छ ।

लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टिक गर्भनर सेम शाक्य, पूर्व डिस्टि«क गर्भनर मधुसुदन शर्मा रिजाललगायतको विषेश पहलमा पश्चिम नेपालको विभिन्न जिल्लाहरु कोरोना परिक्षणको दायरा बढाउनको लागि भन्दै भिटिएम किट उपलब्ध गराईएको क्लबले जनाएको छ ।

लयान्सले यस अघि बाँके, दाङ्ग, सुर्खेत, बर्दिया, दैलेख, कैलाली लगायतका जिल्लाका स्थानीय पालिकालाई भिटिएम किट उपलब्ध गराई सकेको छ । लयान्सले कोबिड–१९ को कहरबाट जोगिन आवश्यक स्वास्थ्य सामाग्रीहरु विभिन्न चरणमा उपलब्ध गराउदै आएको क्लबका पूर्व डिष्ट्रिक गभर्नर मधुसुदन रिजालले बताए ।

क्लबको तर्फबाट हस्तान्तरण गरिने सामाग्री लिएर लायन्स लिडर सेम शाक्य, मधुसूदन शर्मा, ज्ञानेन्द्र श्रेष्ठ, लगायत स्वास्थ्य कार्यालय बाँकेमा पुगेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ९ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको