११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

आजको मौसम : धेरैजसो स्थानमा वर्षा, बाढी पहिरोको सम्भावना, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपाल तर्फ सरेको छ । हाल देशभर सामान्यदेखि पुर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ५ बजे मापन गरिएको रेकर्ड अनुसार पछिल्लो ३ घण्टा काठमाडौं उपत्यकाका धेरैजसो स्थानमा मध्ययम बर्षा भएको छ । बिण्णुमती, मनोहारा, हुनमन्ते, नख्खु लगायतका खोलाहरुमा बहाव खतराको विन्दु नजिक पुगेको छ । नदी, नालाको पानी किनारको सडकसम्म आउन सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसअघि आजै विहान साढे २ बजे मापन गरीएको रेकर्ड अनुसार डडेलधुरा जिल्लाको रंघुन –पन्टुरागाड नदीजलाधारमा भारी बर्षा मापन भएको र थप बर्षाको सम्भावना रहेको छ ।

रंघुनको महाकाली दोभान सम्मको क्षेत्रमा जलसतह खतराको बिन्दु आसपास पुग्ने र बाढीको संभावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुका साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुकासाथै कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : १८ बजे

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा