८ कार्तिक २०८३, आइतबार | October 25, 2026

आजको मौसम : धेरैजसो स्थानमा वर्षा, बाढी पहिरोको सम्भावना, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपाल तर्फ सरेको छ । हाल देशभर सामान्यदेखि पुर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ५ बजे मापन गरिएको रेकर्ड अनुसार पछिल्लो ३ घण्टा काठमाडौं उपत्यकाका धेरैजसो स्थानमा मध्ययम बर्षा भएको छ । बिण्णुमती, मनोहारा, हुनमन्ते, नख्खु लगायतका खोलाहरुमा बहाव खतराको विन्दु नजिक पुगेको छ । नदी, नालाको पानी किनारको सडकसम्म आउन सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसअघि आजै विहान साढे २ बजे मापन गरीएको रेकर्ड अनुसार डडेलधुरा जिल्लाको रंघुन –पन्टुरागाड नदीजलाधारमा भारी बर्षा मापन भएको र थप बर्षाको सम्भावना रहेको छ ।

रंघुनको महाकाली दोभान सम्मको क्षेत्रमा जलसतह खतराको बिन्दु आसपास पुग्ने र बाढीको संभावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुका साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशभर पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुकासाथै कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : १८ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले