१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

उत्तर प्रदेश र उत्तराखण्डमा संक्रमित बढेसँगै पश्चिम नेपालमा बढ्यो कोरोना जोखिम



नेपालगन्ज । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश र उत्तराखण्डमा संक्रमितको संख्या बढेपछि नेपालमा पनि संक्रमण थपिने जोखिम बढेको छ ।

पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा २ हजार २ सय ५० र पश्चिम नेपालसँग जोडिएको उत्तराखण्डमा २ सय ३९ नयाँ संक्रमित थपिएसँगै सिमा जोडिएका नेपालमा जोखिम बढेको हो ।

नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र उत्तराखण्ड दुवैतिर खुल्ला सिमा भएका कारण लुकिछिपी आउनेजाने क्रम नरोकिने हुँदा त्यस क्षेत्रमा जोखिम कायमै रहने गर्छ।

नेपालसँग लामो सीमा जोडिएको उत्तर प्रदेश मध्यदेखि पश्चिम नेपालसम्म जोडिएको भारतीय प्रान्त हो। नेपालबाट भारतमा काम गर्न जाने ठूलो हिस्सा उत्तर प्रदेशकै नाका प्रयोग गरेर आउने जाने गर्दछन् भने उत्तरखण्ड पनि नेपालको सुदुरपश्चिम प्रदेशको अधिकांस जिल्लाका स्थानीयबासीको श्रम बजार हो । पुर्वी नेपालका लागि पश्चिम बंगाल र बिहार, पश्चिम नेपालका लागि उत्तर प्रदेश र उत्तराखण्ड जोखिम मानिन्छ ।

भारतमा आइतवार एकै दिन ४० हजार भन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन्। गत सातामा मात्र भारतमा २ लाख ३८ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।
आइतवार थप ६ सय ७३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै एक सातामा मात्रै ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ८५ पुगेको छ। भारतमा कुल मृत्यु हुनेको संख्या २७ हजार ५ सय ३ पुगेको छ ।

सोमबार बिहानको तथ्यांक अनुसार भारतमा कोभिड–१९ संक्रमितको संख्या ११ लाख १८ हजार १ सय ७ पुगेको छ । भारतमा आइतबारमात्र ४० हजार ३ सय ६३ जना नयाँ संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ३५ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान