४ पुस २०८२, शुक्रबार | December 19, 2025

उत्तर प्रदेश र उत्तराखण्डमा संक्रमित बढेसँगै पश्चिम नेपालमा बढ्यो कोरोना जोखिम



नेपालगन्ज । नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेश र उत्तराखण्डमा संक्रमितको संख्या बढेपछि नेपालमा पनि संक्रमण थपिने जोखिम बढेको छ ।

पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा २ हजार २ सय ५० र पश्चिम नेपालसँग जोडिएको उत्तराखण्डमा २ सय ३९ नयाँ संक्रमित थपिएसँगै सिमा जोडिएका नेपालमा जोखिम बढेको हो ।

नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र उत्तराखण्ड दुवैतिर खुल्ला सिमा भएका कारण लुकिछिपी आउनेजाने क्रम नरोकिने हुँदा त्यस क्षेत्रमा जोखिम कायमै रहने गर्छ।

नेपालसँग लामो सीमा जोडिएको उत्तर प्रदेश मध्यदेखि पश्चिम नेपालसम्म जोडिएको भारतीय प्रान्त हो। नेपालबाट भारतमा काम गर्न जाने ठूलो हिस्सा उत्तर प्रदेशकै नाका प्रयोग गरेर आउने जाने गर्दछन् भने उत्तरखण्ड पनि नेपालको सुदुरपश्चिम प्रदेशको अधिकांस जिल्लाका स्थानीयबासीको श्रम बजार हो । पुर्वी नेपालका लागि पश्चिम बंगाल र बिहार, पश्चिम नेपालका लागि उत्तर प्रदेश र उत्तराखण्ड जोखिम मानिन्छ ।

भारतमा आइतवार एकै दिन ४० हजार भन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन्। गत सातामा मात्र भारतमा २ लाख ३८ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।
आइतवार थप ६ सय ७३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै एक सातामा मात्रै ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ८५ पुगेको छ। भारतमा कुल मृत्यु हुनेको संख्या २७ हजार ५ सय ३ पुगेको छ ।

सोमबार बिहानको तथ्यांक अनुसार भारतमा कोभिड–१९ संक्रमितको संख्या ११ लाख १८ हजार १ सय ७ पुगेको छ । भारतमा आइतबारमात्र ४० हजार ३ सय ६३ जना नयाँ संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको