४ पुस २०८२, शुक्रबार | December 20, 2025

पृथ्वी राजमार्गको मोवाखोला पुल बाढीले भत्कायो, सवारी आवतजावत ठप्प



काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढीका कारण पृथ्वी राजमार्गको एक महत्वपूर्ण पुल क्षतिग्रस्त बनेको छ ।

चितवन र धादिङ जिल्लालाई जोड्ने मोवाखोलाको पुललाई बाढीले क्षतिग्रस्त बनाएको हो । सवारी आवतजावत हुन नमिल्ने गरी पुलको धादिङतिरको बेसलाई क्षतिग्रस्त बनाएको छ ।

बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए । खनालले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताए ।

जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिए। श्रेष्ठले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताए ।

अहिले सवारी आवतजावत ठप्प भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । पृथ्वी राजमार्ग राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने महत्वपूर्ण राजमार्ग हो ।

वर्षाका कारण आएको बाढी र पहिरोले धादिङका अन्य स्थानमा समेत सडक समेत अवरुद्ध भएको छ । फुर्खेखोला नजिकै ठूलो पहिरो खसेको छ । सडकमाथिबाट ससाना पहिरो खस्नो, लेदा माटो खस्ने क्रम जारी छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको