२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

पृथ्वी राजमार्गको मोवाखोला पुल बाढीले भत्कायो, सवारी आवतजावत ठप्प



काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढीका कारण पृथ्वी राजमार्गको एक महत्वपूर्ण पुल क्षतिग्रस्त बनेको छ ।

चितवन र धादिङ जिल्लालाई जोड्ने मोवाखोलाको पुललाई बाढीले क्षतिग्रस्त बनाएको हो । सवारी आवतजावत हुन नमिल्ने गरी पुलको धादिङतिरको बेसलाई क्षतिग्रस्त बनाएको छ ।

बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए । खनालले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताए ।

जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिए। श्रेष्ठले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताए ।

अहिले सवारी आवतजावत ठप्प भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । पृथ्वी राजमार्ग राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने महत्वपूर्ण राजमार्ग हो ।

वर्षाका कारण आएको बाढी र पहिरोले धादिङका अन्य स्थानमा समेत सडक समेत अवरुद्ध भएको छ । फुर्खेखोला नजिकै ठूलो पहिरो खसेको छ । सडकमाथिबाट ससाना पहिरो खस्नो, लेदा माटो खस्ने क्रम जारी छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ५ : २४ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत