२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

यातायात व्यवस्था विभागले दियो नेपाल प्रहरीलाई लिडार स्पिड गन



काठमाडौं । तीब्र गतिका कारण हरेक दिन सवारी दुर्घटना बढ्दै गएका बेला सडकमा तीब्र गति नियन्त्रण गर्न भन्दै यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई ८ थान लिडार स्पिड गन (Lidar Speed Gun) हस्तान्तरण गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त गन हस्तान्तरण गरेका छन् ।

गन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गन हस्तान्तरणका लागि यातायात व्यवस्था विभागप्रति आभार व्यक्त गरे । उनले तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड, राडर गन, सिसिटिभी जस्ता प्रविधि अपनाईरहेको जानकारी दिए । उच्च प्रविधिको गन थप हुँदा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई अझ सघाउ पुग्ने उनले बताए ।

महानिरीक्षक थापा क्षेत्रीलेसडक दुर्घटनाबाट हुने जनधनको क्षतितर्फ नेपाल प्रहरी सजग र संवेदनशील रहेको भन्दै यातायात व्यवस्था विभाग समेत संवेदनशील रही सडक सुरक्षाको लागि अझ लागी पर्नुपर्नेमा जोड दिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको चर्चा गर्दै यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागीपरेको बताए । समग्र यातायात प्रणालीलाई व्यवस्थापन गर्न इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारी साधनमा जिपिएस प्रणाली जडान, स्मार्ट लाईसेन्स वितरण लगायतका कार्य गरिरहेको उनले चर्चा गरे ।

सो अवसरमा प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेश कुमार लाल कर्णले लिडार स्पिड गनबारे प्रस्तुतीकरण गर्दै सडकमा गुड्ने सवारीको गति मापन, सवारी साधन र सवारी चालक पहिचान तथा प्रमाण संकलनका लागि उक्त गन प्रयोग हुने जानकारी दिएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : १४ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत