२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

कानुन कार्यान्वयनमा नचुक्नुस्, नझुक्नुस् : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री



काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानुनको कार्यान्वयनमा कदापी नचुक्दै र नझुक्दै उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल पुलिस क्लव भृकुटीमण्डपमा सोमबार महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले  प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राही समक्ष प्रहरीले उच्च आचरण र व्यवहार सहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने बताए । साधन स्रोतको उचित प्रयोग गरेर प्रहरीले गर्ने काम कारवाही संचालन गर्न सकेमा आगामी दिनमा संगठनले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने उल्लेख गर्दै महानिरीक्षक थापा क्षेत्रीले छिटोछरितो सेवा प्रवाह गर्नेतर्फ सदैव अग्रसर हुनुपर्नेमा जोड दिए ।

अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भने, ‘अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशा सम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्छ ।’ प्रहरी अधिकृतहरुले समस्याको पहिचान पश्चात् त्यसको समाधानतर्फ अग्रसर भएमा राज्यले अख्तियार गरेको नीति तथा निर्देशनलाई प्रभावकारी ढंगबाट संचालन गर्न सकिने उनको भनाई छ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको अवस्थामा प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको उनले प्रशंसा गर्दै लकडाउन खुलेपछि हुन सक्ने अपराधजन्य घटनाप्रति प्रहरी कर्मचारी थप चनाखो हुनुपर्नेआवश्यकता रहेको बताए ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानिरीक्षकबाट प्राप्त निर्देशन अक्षरस पालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रहरी कर्मचारीहरु एक्यबद्ध भई अगाडि बढेमा प्रहरीले गर्ने हरेक काम कारवाहीको गन्तव्य निर्धारणका लागि सहजता हुने उल्लेख गर्दै थप व्यवसायिक क्षमता, लगनशीलताकासाथ नयाँ परिस्थिति र चुनौतिको सामना गर्न प्रहरी कर्मचारीहरु तयार रहेको उनले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : ३० बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत