११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह



सिन्धुपाल्चोक । तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ ।

सो ताल फुट्दा भोटेकोशी नदीमा बाढी आउने सम्भावना रहेकाले नेपालतर्फको तातोपानी क्षेत्रदेखि बाह्रबिसे, खाडीचौरलगायतका भोटेकोशी नदीतटीय सबै क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ सूचना जारी गर्दै सुरक्षा सतर्कता उपनाउन तल्लोतटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । ‘खासा क्षेत्रमा रहेको केरुङ छ्यो ताल फुट्ने खतरा बढेको छ,’ चिनियाँ समकक्षीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सोही सूचनाका आधारमा तल्लोतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरिएको बताए ।

चिनियाँ समकक्षीले सोमबार साँझपख मात्रै ताल फुट्ने खतरा रहेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको उनले जानकारी दिए । खासा क्षेत्रमा केही दिनदेखि उच्च वर्षा भइरहेकाले भोटेकोशी नदीको साथै स्थानीय खोल्सीमा बहाव बढेको समेत जनाएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । ‘उच्च वर्षा भइरहे जुनसुकै बेला पनि ताल फुट्न सक्ने समकक्षीले बताएपछि स्थानीयवासीलाई सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको प्रशासकीय अधिकृत सुनिता पहरीले बताए ।

सूचना प्राप्त हुनासाथ स्थानीय प्रशासनले तालको तल्लोतटीय क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिकालाई आफ्ना नागरिकको जीउधनको सुरक्षा गर्न आग्रह गरेका छौँ’’, प्रशासकीय अधिकृत सुनिता पहरीले भनिन् ।

स्थानीय तहले समेत नदीतटीय क्षेत्रका बासिन्दालाई सम्भावित घटनाका बारेमा सूचना प्रवाह गरिरहेका छन् । विसं २०७३ असार २१ गते खासा नजिकै रहेको ताल फुट्दा तातोपानी नाकाको लिपिङ बजार बगाउँदै तल्लोतटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको थियो । त्यतिबेला झण्डै डेढ सय घर, संरचना बगाउँदा अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्डसमेत तहसनहस बनाएको थियो ।

चिनियाँ प्रतिनिधिले फुट्ने खतरा औँल्याएको केरुङ छ्यो ताल खासाबाट केही माथि रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । रासस

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : ४८ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा