२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

म्याग्दी अपडेटः मृत्यु हुनेको संख्या १७ पुग्यो, ३ जना घाईते, २ सय २० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण



म्याग्दी । अविरल वर्षाको कारण म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परि मुत्यु हुनेको सँख्या १७ पुगेको छ ।

मालिका गाउँपालिकाको पहिरोमा ७ र धवलागिरी गाउँपालिकाको पहिरोमा १० जनाको ज्यान गएसँगै मृत्यु हुनेको सँख्या १७ पुगेको हो ।

मृत्यु हुने उनीहरुको शब प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरीक्षक किरण जङ्ग कुँवर लगायतको नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले आज निकालेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार मालिका गाउँपालिकाको पहिरोमा परि मृत्युहुनेहरुमा मालिका ७ विम दुलेका बिष्णु पौडेल, सोही स्थानकै गौदेवी नेपाली, विशेष नेपाली, विर बहादुर नेपाली, विरको ३ महिनाको छोरा, विष्णु नेपाली र सन्दीप नेपाली रहेका छन् ।

यस्तै धवलागिरी गाउँपालिकाको पहिरोमा परि मृत्युहुनेहरुमा धवलागिरी ६ मराङ्गका सुकना लामगादे, सोही स्थानकै आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र १८ वर्षिय प्रकाश केसी रहेका छन् ।

डिएसपी रेग्मीका अनुसार उद्धार गरिएका घाईतेहरुमा मालिका ७ विमका अन्दाजी ३६ वर्षिय पूर्ण बहादुर नेपाली, धवलागिरी ६ का २२ वर्षिया मन्जिता श्रीपाली र सोही स्थानकै सफल श्रीपाली रहेका छन् ।

उनीहरुको बेनी अस्पतालमा सामान्य उपचार पश्चात हेलीकप्टर मार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको डिएसपी रेग्मीले जानकारी दिए । उनले बेपत्ता भएका अन्य व्यक्तिहरुको खोजिकार्य तिब्र पारिएको बतादै २ सय २० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : ११ बजे

चर्चित भारतीय अभिनेता नाना पाटेकरको हृदयाघातका कारण ७५ वर्षको उमेरमा निधन

काठमाडौं । चर्चित भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा

आज विश्व दृष्टि दिवस

काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका

आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा