१ कार्तिक २०८३, शनिबार | October 17, 2026

आजको मौसम : देशका अधिकांश भूभागमा वर्षा, सतकर्ता अपनाउन मौसमविद्को आग्रह



काठमाडौं । देशका अधिकांश भूभागमा रातिदेखि नै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागमा अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

‘आइतबारदेखि बुधबारसम्म अत्यधिक वर्षा हुने हामीले पूर्वसूचनासमेत दिएका छौँ,’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए ।

उनले काठमाडौं तथा आसपासको क्षेत्रमा अत्यधिक वर्षासँगै राम्रो निकासको अभावमा डुबानको समस्या देखिएको बताए । यो वर्षाको कारणले मात्रै नभएर शहरमा पानीको निकास जाने ठाउँको अभावको कारणले समस्या देखिएको मौसमविद् प्रधानाङ्गले बताए ।

नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ ।

विभागका अनुसार हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था भएकाले खतरा बढेको जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : ५८ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ