११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

आजको मौसम : देशका अधिकांश भूभागमा वर्षा, सतकर्ता अपनाउन मौसमविद्को आग्रह



काठमाडौं । देशका अधिकांश भूभागमा रातिदेखि नै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागमा अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

‘आइतबारदेखि बुधबारसम्म अत्यधिक वर्षा हुने हामीले पूर्वसूचनासमेत दिएका छौँ,’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए ।

उनले काठमाडौं तथा आसपासको क्षेत्रमा अत्यधिक वर्षासँगै राम्रो निकासको अभावमा डुबानको समस्या देखिएको बताए । यो वर्षाको कारणले मात्रै नभएर शहरमा पानीको निकास जाने ठाउँको अभावको कारणले समस्या देखिएको मौसमविद् प्रधानाङ्गले बताए ।

नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ ।

विभागका अनुसार हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था भएकाले खतरा बढेको जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ६ : ५८ बजे

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको