२२ माघ २०८२, बिहिबार | February 5, 2026

हवाइ उडान सञ्चालनबारे जनस्वास्थ्य विज्ञको सुझाव, – कोरोनाको सम्भावित सेकेन्ड वेभबारे सचेत बनौं



सोमबार सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न सक्छ ।

कोरोना भाइरसको संक्रमण फैलिदो छ । यद्यपी, विश्वभर समुदायस्तरमा संक्रमण देखिए पनि हालसम्म नेपाल भने सुरक्षित नै छ ।

तर, अन्तर्राष्ट्रिय उडान गर्ने बित्तिकै नेपाललाई कोरोना संक्रमणबाट सुरक्षित राख्न चुनौती थपिने छ । भारत लगायत विभिन्न देशबाट ठूलो संख्यामा संक्रमितहरु नेपाल आएमा समुदायमा कोरोना संक्रमण फैलिने खतरा ह्वात्तै बढेर जानेछ । ज्ञातव्य छ भारतमा असोजभर कोरोना संक्रमण फैलिएर कार्तिकबाट नियन्त्रण उन्मुख हुने अध्ययनहरुले बताएका छन् ।

सरकारले हवाइ उडान गर्ने बताए पनि यसलाई कसरी सुरक्षित तरिकाले संचालन गर्न सकिन्छ त भन्नेमा सरकारको ध्यान जान जरुरी छ । यसबारे जनस्वस्थ विज्ञ डा. रवीन्द्र पाण्डेको सुझाव यस्तो छ ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

सरकारले हवाइ उडानलाई संचालन गर्दा :

१. भाद्र १ गतेदेखि संक्रमण कम भएका जिल्लामा आन्तरिक उडान गर्ने ।

२. असोज १ देखि नेपाली कामदार भएका देशमा तथा कोरोना संक्रमण नियन्त्रण भएका देशमा मात्र अन्तराष्ट्रिय उडान संचालन गर्ने ।

३. कार्तिकदेखि क्रमशः संक्रमण नियन्त्रण भएका देशबाट हवाइ संचालनको अनुमति दिने ।

यो महामारी र सम्भावित सेकेन्ड वेभ (कार्तिक र मङ्सिरदेखि सुरु हुनसक्ने) को लागि हामी पूर्ण रुपमा तयारी गर्नुपर्ने अवस्था छ ।

चाडपर्वको लागि २/३ लाख नेपाली भारतबाट आउन सक्ने तथा करिब १ लाख नेपाली अन्य देशबाट नेपाल आउने सम्भावना छ । उनीहरुलाई राख्ने होल्डिंग सेन्टर र क्वारेन्टाइन व्यस्थित गर्ने, परीक्षणको क्षमता बढाउने तथा संक्रमितलाई राख्नको लागि आइसोलेसन सेण्टरको प्रबन्ध गर्ने काम सकेर मात्र निर्णय गर्नु बुद्धिमानीपूर्ण निर्णय हुनेछ ।

हामीले यो तथ्य नबिर्सौं, नेपालमा कोरोना संक्रमण हराएको छैन । ठूला सहर, संक्रमित गाउँ तथा बोर्डर क्षेत्रमा व्यापक परीक्षण गरेर निचोडमा नपुग्ने बेलासम्म अपरिपक्व निर्णय नगरौं । सरकारको फितलो अनुगमन हाल चलेका सार्वजनिक यातायातले देखाएका छन् ।

अर्को कुरा महामारी अन्त्य नहुन्जेलसम्म बिकसित देशबाट कुनै पनि पर्यटक नेपाल भ्रमणमा आउने छैनन् न त हामीहरु भ्रमण गर्न कुनै देशमा जानेछौं ।

नेपाली कामदार, विद्यार्थी तथा बाहिर रहनुभएका नेपालीलाई आफ्नो देश आउनको लागि सहजीकरण गर्ने उद्देश्य राखेर मात्र हवाईजहाज संचालन गर्नु सुरक्षित हुनेछ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ११ : १२ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका