१ श्रावण २०८२, बिहिबार | July 18, 2025

अविरल वर्षाले हवाई उडान प्रभावित : टर्किस एयरलाइन्स लखनऊ ‘डाइभर्ट’, फ्लाई दुबई आकाशमै ‘होल्ड’



काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित बन्न पुगेको छ । विमानस्थलको भिजिबिलिटी कम भएका कारण जहाज उडान तथा अवतरणमा समस्या विमानस्थल कार्यालयले जनाएको छ ।

केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्टसमेत भएको जनाइएको छ । बिहानै उडान तालिकामा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित भएको छ ।

खराब मौसमका कारण इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान भारतको लखनऊ डाइभर्ट भएको छ । यस्तै, दुबईबाट आएको फ्लाई दुबईको विमान आकाशमै होल्ड छ ।

यसैगरी हिमालय एयरलाइन् र एयर इन्डियकामा विमान पनि आकाशमै होल्ड भएका छन् । फ्लाई दुबईको, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्को उडान पनि डिले भएको छ ।

कुवेत एयरलाइन्स र एयर अरेबियाको विमान भने अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै देशभर पानी परिरहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातभर झरी परेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : २५ बजे

खजुराको आयुर्वेदशाखाबाट गत आवमा २१ हजार २ सय १८ नागरिकलाई सेवा प्रदान

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका अन्तरर्गत रहेको नागरिक आरोग्य सेवा

वायुसेवा निगमद्वारा ऋणको किस्ता भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको

आजबाट श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौँ । नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

२ बजे सुरु भएको एमाले सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ

एन आई सी एशियाको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौ । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको