१ कार्तिक २०८३, शनिबार | October 17, 2026

अविरल वर्षाले हवाई उडान प्रभावित : टर्किस एयरलाइन्स लखनऊ ‘डाइभर्ट’, फ्लाई दुबई आकाशमै ‘होल्ड’



काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित बन्न पुगेको छ । विमानस्थलको भिजिबिलिटी कम भएका कारण जहाज उडान तथा अवतरणमा समस्या विमानस्थल कार्यालयले जनाएको छ ।

केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्टसमेत भएको जनाइएको छ । बिहानै उडान तालिकामा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित भएको छ ।

खराब मौसमका कारण इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान भारतको लखनऊ डाइभर्ट भएको छ । यस्तै, दुबईबाट आएको फ्लाई दुबईको विमान आकाशमै होल्ड छ ।

यसैगरी हिमालय एयरलाइन् र एयर इन्डियकामा विमान पनि आकाशमै होल्ड भएका छन् । फ्लाई दुबईको, नेपाल एयरलाइन्स र टर्किस एयरलाइन्को उडान पनि डिले भएको छ ।

कुवेत एयरलाइन्स र एयर अरेबियाको विमान भने अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै देशभर पानी परिरहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा रातभर झरी परेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ९ : २५ बजे

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ

आजको मौसम : आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली तथा पहाडी

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

कर्णाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित