२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड एकतर्फी सुचारु



बुटवल । हिजो केहिबेर सुचारु भएर अवरुद्ध रहेको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड मंगलबार ४ः३० बजेबाट सुचारु भएको छ । आज दिनभरीको प्रयास पछि मध्यान्हबाट सो सडक एक तर्फी खुलेको हो ।

रातभरको अविरल वर्षाका कारण राजमार्गको बुटवल पाल्पा खण्डको दर्जनौं स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबार देखि अवरुद्ध सडक सोमबार केहिबेर संचालन भएपनि सोमबार रातीबाट पुनः अवरुद्ध भएको थियो । आज दिनभरीको प्रयासबाट अपरान्ह ४ः३० बजे सडक सुचारु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पाल्पा जिल्ला अन्तर्गत सिद्धार्थ राजमार्गको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुल लगायत दर्जन बढी स्थानमा पहिरो खसेको थियो ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले राजमार्ग एक तर्फी सुचारु भएपनि दुई तर्फी खुलाउन अझै प्रयास जारी रहेको जानकारी दिएको छ । आज बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ५ : ०४ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत