२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

बाँकेमा तोकियो दैनिक ज्यालादारी श्रमिकको ज्याला दर, कार्यान्वयन नभए कारवाही गरिने



नेपालगन्ज । नेपाल सरकारले श्रम ऐनको ब्यवस्था गरी जारी गरेपनि श्रम ऐन अनुसारको ज्याला नपाएको गुनासो सधैं आउने गरेको छ । अधिकांस उद्योग, कलकारखाना तथा श्रमिक प्रयोग गर्ने निकायले सरकारको न्युनतम पारिश्रमिक दिएको पाईँदैन, तर बाँकेमा भने दैनिक ज्यालामा काम गर्ने कुचिकारदेखि उच्च दक्षता हासिल गरेको जनशक्ति सम्मको दैनिक ज्याला दर निर्धारण गरिएको छ ।

नयाँ आर्थिक वर्षदेखि लागु हुने गरी जिल्लामा श्रम गर्ने सबै स्तरका श्रमिकहरुको ज्याला दर निर्धारण गरिएको छ । जिल्ला दररेट निर्धारण समितिको बैठकले कामदारसहित अन्य विभिन्न क्षेत्रको दररेट निर्धारण गरेको हो ।

पछिल्लो चारवर्षको अवधिमा विभिन्न क्षेत्रमा काम गर्ने मजदुरको ज्याला बृद्धि गर्दै समितिले नयाँ दररेट कायम गरेको छ । समितिले तय गरेको दररेट अनुसार न्युनतम प्रतिदिन ८० रुपैयाँदेखि ३ हजार ६ सय ४० सम्म ज्याला तोकिएको छ । समितिले गेज रिडर पदमा काम गर्ने व्यक्तिको प्रति दिन ८० रुपैयाँ ज्याला तय गरेको छ भने आर्किटेक, सिभिल, ईन्भारमेण्ट, फरेष्ट्रि लगायतका विषयगत ईन्जिनियरको प्रतिदिन ३ हजार ६ सय ४० रुपैयाँ ज्याला निर्धारण गरेको छ । दक्ष सिकर्मी, दकर्मीले प्रतिदिन ७५० रूपैयाँ पाउने छन् भने अर्धदक्षले ७०० रुपैयाँ ज्याला पाउने छन् ।

जिल्लामा ठेक्कापट्टा गर्दा वा कुनै पनि परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्दा मार्गदर्शन होस् भन्ने अभिप्रायले दररेट निर्धारण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए । ‘ठेक्काको बोलकबोलमा गडबडी नहोस् भनेर यो दररेट निर्धारण गरिएको हो’, उनले भने । निर्धारित दररेटबाट श्रमिकहरुले लाभ लिन सक्ने भन्दै राज्यले तोकेको न्युनतम पारिश्रमिक भन्दा कम कसैले पनि ज्याला मजदुरी दिएमा कानुन बमोजिम कारवाहि गरिने प्रजिअ कुरुम्वाङले बताए ।

हेर्नुहोस बाँके जिल्लाको ज्याला दररेट :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/07/बांके-जिल्ला-दररेट-2077-782.pdf” title=”बांके जिल्ला दररेट 2077-78(2)”]

 

 

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : ४३ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत