४ पुस २०८२, शुक्रबार | December 19, 2025

महोत्तरीका ६० वर्षीय कोरोना संक्रमित पुरूषको बीपी प्रतिष्ठान धरानमा मृत्यु



धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत महोत्तरीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चार दिन अघि उपचार गर्न धरान पुगेका ६० वर्षीय ति पुरूषको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र खोकी लागेपछि उनलाई प्रतिष्ठानको इमेरजेन्सीमा उपचारका लागि ल्याईएको थियो ।
आईसीयूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रबक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

उनी उपचारमा आउदानै गम्भिर विरामी भएकोले आइसियुमा राखेर उपचार गरिदै आएको थियो । सापकोटाले भने, ‘पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानको कोराना आइसोलेसन कक्षको आईसियुमा भर्ना गरिएको थियो ।’

प्रवक्ता सापकोटाका अनुसार स्वास्थ्यमा प्रतिकुल समस्या देखिएसँगै मृगौलाले समेत काम नगरेकोले डाईलेसिस समेत गर्नुपरेको थियो । उनमा निमोनिया पनि देखिएको थियो ।

मृतकलाई प्रदेश २ मै पठाउनका लागि प्रदेश सरकारसँग समवन्य भईरहेको बताईएको छ ।

यो सँगै प्रतिष्ठानमा उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।

हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  १० : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको