११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड पुनः अवरुद्ध, राजमार्गको ६ स्थानमा पहिरो खस्यो



बुटवल । मंगलबार ४ः३० बजेबाट एक तर्फी रुपमा सुचारु भएको सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड आज बिहानबाट पुनः अबरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत दोभानको नागमन्दिर, गौडेपुल, कालीमाटी, पैठेडाँडा, लामीडाँडा, पालेपिपल लगायतका स्थानमा पहिरो खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

सिद्धार्थ राजमार्गको गौडेपुल नजिकै असार अन्तिम सातादेखि खस्न सुरु भएको पहिरो अझै रोकिएको छैन भने दोभानमा ढुंगा र हिलोसहितको पहिरो खसेको छ । पाल्पाको रम्भा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा ठूलो पहिरो खसेर सवारी साधन चल्न सकेको छैन । बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । वर्षाले पाल्पाको दोभान, बन्दीपोखरा, सम्मोबारी, रामपुर, रम्भा लगायतका स्थानमा पहिरो खसेर ४० बढी घर जोखिममा परेको प्रहरीले जनाएको छ ।

वर्षासँगै खसेको पहिरोले बिहान सबेरैदेखि सिद्धार्थ राजमार्ग लगायत रामपुर हुँदै पूर्व नवलपरासी जाने सडक अवरुद्ध भएको छ ।

पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सुचारु गराउन नसकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्ली नारायण पाण्डेयले बताए । पाल्पा र बुटवल दुबै तर्फबाट स्काईभेटर तयारी अवस्थामा राखिएको र पहिरो खस्ने क्रम रोकिए लगत्तै सडक सफा गर्ने काम सुरु गरिने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ९ : १७ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा