३१ भदौ २०८३, बुधबार | September 16, 2026

पहिरोले डोजर पुर्दा चालकको मृत्यु



म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको मृत्यु भएको छ । बेगको भिजरादेखि भजने जाने सडक निर्माणका क्रममा पहिरो खसेर रुइसे देउराली कन्ट्रक्सन प्रालिको डोजर पुरिँदा रघुगङ्गा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घटनास्थलमा रहेका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले अन्य डोजर र ब्याकुहोलोडर परिचालन गरेर पहिरोमा पुरिएका कार्कीको शव निकालेर परीक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाएको जानकारी दिए ।

उनका अनुसार कार्की उक्त डोजरका चालक हुन् । सडकको मार्ग खनिरहेको अवस्थामा मिथिबाट सुक्खा पहिरो खसेर डोजर र चालकलाई पुरेको थियो । प्रहरी र स्थानीयवासीले करिब चार घण्टाको प्रयासपछि पहिरोबाट कार्कीको शव निकालेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ९ : १४ बजे

तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी । जिल्लाको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै

बुटवलमा भोलीदेखि ‘ब्यूटी क्यासल’ सञ्चालन, सौन्दर्य सेवासँगै व्यावसायिक तालिम पनि

बुटवल । सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवल-८, सुख्खानगरमा

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन