१६ मंसिर २०८०, शनिबार | December 2, 2023

रहेनन् कछाड कमरेड, बेग्लै पहिचान बनाएका कम्युनिष्ट नेता बर्मन बुढाको ९० वर्षको उमेरमा मृत्यु



काठमाडौं । दौरा सुरुवालमा मात्र राष्ट्रियता देख्ने कथित राष्ट्रवादीलाई चुनौती दिँदै कछाड र खुर्पेटो भिरेर २०४८ सालमा संसद छिरेका बर्मन बुढाको मृत्यु भएको छ ।

हक्की स्वभाव र सादा जीवनको पर्याय बनेका बर्मन बुढाको मृत्युप्रति नेताहरुले दुःख व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्मन बुढाको मृत्युको खबरले आफु मर्माहत भएको बताएका छन् । उनले बर्मन बुढालाई ‘नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा’को संज्ञा दिएका छन् ।

पुर्व सभामुख कृष्णबहादुर महराले पनि बर्मनको मृत्युले कम्युनिष्ट आन्दोलनको एउटा इतिहासको अन्त्य भएको बताएका छन् ।

बुढाको आज बिहान ९० वर्षको उमेरमा ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रोल्पाको कम्युनिष्ट आन्दोलनका अभिभावक बनेका बर्मन २०४८ सालको संसदीय निर्वाचनमा रोल्पाबाट बिजयी बनेर संसद प्रवेश गरेका थिए ।

कुनैबेला थबाङका बर्मन बुढा भनेपछि रोल्पादेखि राजधानीसम्मका मान्छेलाई टाउको दुखाइको विषय हुन्थ्यो । कछाड उनको परिचय थियो । उनले कछाड थबाङमा मात्रै लगाएनन् सिंहदरवारमा पनि पु¥याए ।

२०४८ सालको संसदीय चुनावमा रोल्पा क्षेत्र नं. १ बाट सांसद जितेका बुढा घरमै लगाइरहेको कछाडसहित नै संसद् भवन छिरेका थिए । त्यतिबेला जातीय पहिचानको कुरा त्यति साह्रो उठेको पनि थिएन ।

हालसम्म थबाङ एकजुट हुनु र कम्युनिष्ट पार्टी बलियो बन्नुका पछाडि बुढाकै महत्वपूर्ण भूमिका देखिन्छ । २०१५ सालमा गाउँलेले चुनेको मुखिया बनेका बर्मन जनताबाट कहिल्यै हार्नु परेन । २०१५ सालको आम चुनावमा थबाङको सबै भोट कम्युनिष्टलाई गयो । यसको अगुवाइ पनि बुढाले नै गरे ।

पञ्चायतकालमा उनी थबाङका प्रधान पञ्च भए । २०३७ सालमा जनमत संग्रह हुन थालेपछि सरकारका प्रतिनिधिले जिल्लाका सबै प्रधानपञ्चहरुलाई लिबाङमा बोलाए । सबै पञ्चहरुलाई निर्दलमा भोट हाल्न भनियो । तर थवाङले त्यतीबेला पनि बहुदललाई भोट हालेर राजतन्त्रको बिरोधमा आफुलाई उभ्याएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १० : ०२ बजे

मृतकका परिवारलाई सात लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो आम्दा अस्पतालबाट भावनाको शव

बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा मृत्यु

मधेस प्रदेशले जित्यो केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेटको उपाधी

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी

कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन आजबाट बुटवलमा सुरु

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन बुटवलमा आजबाट

टी-२० सिरिज : भारत एक खेल अगावै विजयी

काठमाडौं । अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज भारतले जितेको छ ।

आजको मौसम : बागमती र गण्डकी प्रदेशमा आशंक बदली, अन्य प्रदेशमा सफा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ