४ पुस २०८२, शुक्रबार | December 19, 2025

चार महिनादेखि बन्दभएको मापसे चेकिङ आजबाट पुन शुरु



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण चार महिनादेखि बन्द भएको मापसे चेकिङ आजबाट पुन शुरु हुने भएको छ ।

लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले मापसे चेकिङ सुरु गर्ने भएको हो । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइसकेको छ ।

महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् । त्यसैगरी सार्वजनिक सवारी साधन चल्ने भएसँगै महाशाखाले आजैबाट सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरी टोली परिचालन गरेको छ ।

सार्वजनिक सवारीमा ५० प्रतिशत भन्दा बढी यात्रु राखेको पाइएमा तत्काल कारबाही गरीने महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताएका छन् ।

आजबाट ट्राफिक नियम मिच्नेलाई कारबाही हुने पनि महाशाखाले जनाएको छ । नियमविपरीत जानेलाई पहिलेजस्तै चिट काटेर आर्थिक कारबाही गरिने एसएसपी ढकालले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ११ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको