११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

चार महिनादेखि बन्दभएको मापसे चेकिङ आजबाट पुन शुरु



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण चार महिनादेखि बन्द भएको मापसे चेकिङ आजबाट पुन शुरु हुने भएको छ ।

लकडाउन खुलेसँगै ट्राफिक प्रहरीले मापसे चेकिङ सुरु गर्ने भएको हो । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइसकेको छ ।

महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् । त्यसैगरी सार्वजनिक सवारी साधन चल्ने भएसँगै महाशाखाले आजैबाट सार्वजनिक यातायातको अनुगमनका लागि महिला ट्राफिक प्रहरी टोली परिचालन गरेको छ ।

सार्वजनिक सवारीमा ५० प्रतिशत भन्दा बढी यात्रु राखेको पाइएमा तत्काल कारबाही गरीने महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताएका छन् ।

आजबाट ट्राफिक नियम मिच्नेलाई कारबाही हुने पनि महाशाखाले जनाएको छ । नियमविपरीत जानेलाई पहिलेजस्तै चिट काटेर आर्थिक कारबाही गरिने एसएसपी ढकालले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ११ : ३९ बजे

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

विचार- बौद्ध सजगता : तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र