१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

तपाईंसँग ज्ञान, सीप, क्षमता छ तर पैसा छैन, नआत्तिनुस ! सनराईज बैंकले दिँदैछ तपाईंलाई साथ



काठमाडौं । सनराइज बैंकले पूँजी अभावमा आफ्नो ज्ञान सीप क्षमता उद्यमशीलता प्रयोग गर्न नसकेका साना व्यवसायीलाई ९ दशमलव ९५ प्रतिशत व्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ ।

पूँजी अभावले क्षमता प्रदर्शन गर्न असमर्थ रहेका व्यवसायीहरुलाई तत्कालै कर्जा उपलब्ध उद्देश्यले बैंकले ‘सनराईज सरल एसएमई कर्जा’ योजना ल्याएको हो ।

ग्राहकले सम्पूर्ण कागजात बैंकमा बुझाएको २४ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । यो योजनाअन्तर्गत ग्राहकले १ करोड रुपैयाँसम्मको कर्जा सहुलियत ब्याजदरमा प्राप्त गर्नसक्नेछन् । बैंकले कर्जाको लागि आवश्यक पर्ने धितो व्यवस्थापनमासमेत केही छुट प्रदा गरेको छ । यसैगरी यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।

यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका सनराइज बैंकका १३४ शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।

यसैगरी, साना तथा मझौला उद्यमीको लागि कर, लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको बैंकले जनाएकोछ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ३ : ३८ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै