१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

तपाईंसँग ज्ञान, सीप, क्षमता छ तर पैसा छैन, नआत्तिनुस ! सनराईज बैंकले दिँदैछ तपाईंलाई साथ



काठमाडौं । सनराइज बैंकले पूँजी अभावमा आफ्नो ज्ञान सीप क्षमता उद्यमशीलता प्रयोग गर्न नसकेका साना व्यवसायीलाई ९ दशमलव ९५ प्रतिशत व्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ ।

पूँजी अभावले क्षमता प्रदर्शन गर्न असमर्थ रहेका व्यवसायीहरुलाई तत्कालै कर्जा उपलब्ध उद्देश्यले बैंकले ‘सनराईज सरल एसएमई कर्जा’ योजना ल्याएको हो ।

ग्राहकले सम्पूर्ण कागजात बैंकमा बुझाएको २४ घण्टाभित्रै कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । यो योजनाअन्तर्गत ग्राहकले १ करोड रुपैयाँसम्मको कर्जा सहुलियत ब्याजदरमा प्राप्त गर्नसक्नेछन् । बैंकले कर्जाको लागि आवश्यक पर्ने धितो व्यवस्थापनमासमेत केही छुट प्रदा गरेको छ । यसैगरी यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्नेछन् ।

यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका सनराइज बैंकका १३४ शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।

यसैगरी, साना तथा मझौला उद्यमीको लागि कर, लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्घिको निमित विभिन्न किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको बैंकले जनाएकोछ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ३ : ३८ बजे

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।