२० आश्विन २०८३, मंगलबार | October 6, 2026

साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कर्जाको ब्याजदर १.१८ प्रतिशतले घटायो



बुटवल । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कर्जाको ब्याजदर न्यूनतम १.१८ प्रतिशतले घटाएको छ ।साउन ६ गतेदेखि लागु हुने गरी सबै ग्राहकको लागि कर्जाको ब्याज दर घटाइएको बैंकले जनाएको छ ।

कोभिड–१९ को प्रभावमा परेका ग्राहकका लागि आर्थिक राहत होस भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रका कर्जाहरुमा बैंकले रु ८ करोड ५ लाख रुपैयाँ ब्याज छुट गरेको छ । बैंकले चैत्र महिनाको ब्याज २०७६ चैत्र मसान्तमा भुक्तानी गरेका ग्राहकहरुलाई नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुरुप १० प्रतिशतका दरले रु ३५ लाख रुपैया छुट पनि गरेको छ ।

कोभिड–१९ वाट प्रभावित भएको अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलता विकास गर्ने उद्देश्यले साना तथा मझौला उद्योग व्यवसाय कर्जा, कृषि कर्जा तथा व्यत्तिगत घर कर्जा बार्षिक ९५० प्रतिशतमा प्रवाह गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । यस्तै अन्य कर्जाहरुमा पनि अत्यन्त प्रतिस्पर्धी ब्याजदर कायम गरी अर्थतन्त्रमा चलायमान बनाउने बैकको दाबी छ ।

बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक राष्ट्रियस्तरको विकास बैंक हो । बैंकको हाल जारी तथा चुक्ता पूँजी ३ अर्ब १ करोड रहेको छ । बैंकका प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ६९ वटा शाखा कार्यालय १ वटा एक्सटेन्सन कार्यालय रहेका छन्।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : ४६ बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह