१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

कोरोनाले थला परेको पर्यटन व्यवसाय मुर्झाउने प्रयासमा, गोसाइँकुण्ड पदमार्गका होटल सञ्चालनमा



नुवाकोट । नजिकिँदो जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

सरकारले कोभिड–१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोटतर्फका होटल सञ्चालन गरिएको ‘लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु–होटल व्यवसायी सरोकार समिति’का उपाध्यक्ष पेम्बा लामाले जानकारी दिए ।

लामाका अनुसार नेपाल सरकारले यही साउन १५ देखि होटल व्यवसाय सुचारु गर्ने जनाए पनि साउन १० गते नागपञ्चमीदेखि गोसाइँकुण्ड जान नुवाकोटस्थित पदमार्गमा धर्मालम्बी आउने अपेक्षासहित होटल सञ्चालनमा ल्याइएको छ ।

‘नेपाल भ्रमण वर्षलाई लक्षित गरेर थप सेवा र सुविधासहित सञ्चालित होटल कोभिड–१९ को जोखिमका कारण बन्द भएकोमा बन्दाबन्दी खुला भएसगैँ सञ्चालन गरिएको छ ।”

लामा गेष्ट हाउस तथा रेष्टुरेन्टका सञ्चालक समेत रहेका पेम्बा लामाले भने “पैदलमार्फत सुन्दरीजलबाट नुवाकोटकोे घ्याङफेदी हुदैँ गोसाइँकुण्ड जाने तीर्थयात्री सुरक्षा, खाद्यान्न, पथप्रदर्शक, भरिया, प्राथमिक स्वास्थ्य उपचारलगायतको व्यवस्था समेत होटल सञ्चालक व्यावसायीले मिलाएका छन् ।”

निकुञ्ज क्षेत्रमा नुवाकोटतर्फ सुविधा सम्पन्न सातवटा होटल सञ्चालनमा छन् भने पदमार्गमा साना–ठूला दुई दर्जन भन्दा बढी होटल तथा रेष्टुरेन्ट रहेका छन् ।

ती अधिकाांश सञ्चालनमा आउन शुरु भएको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए

हिन्दू र बौद्ध धर्मालम्बीको अस्थाको केन्द्र गोसाइँकुण्डमा जनैपूर्णिमा पर्वको अवसरमा लाग्ने मेलाको स्नान नागपञ्चमीदेखि नै शुरु हुने गर्दछ । गोसाइँकुण्ड पुग्न रसुवाको धुञ्चे हुँदै जाने पदमार्ग मुख्य हो भने विकल्पमा दुई दशकअघि नुवाकोटको घ्याङ्फेदीबाट खोलिएको पदमार्ग सुन्दरीजल (काठमाडौँ) बाट शुरु हुने गर्दछ ।

गाउँपालका अध्यक्ष तामाङका अनुसार काठमाडौंको सुन्दरीजलबाट पैदलयात्रा शुरु गरेर चिसापानी, कुटुङसाङ, मङ्गनीगोठ हुँदै छहरेपाटी, घोप्टेभीरबाट सिधँ सूर्यकुण्ड/गोसाइँकुण्ड पुग्न सकिने छ ।

उक्त पदमार्ग हुँदै सुन्दरीजलबाट गोसाइँकुण्ड दुई दिनमा सजिलै पुगिन्छ । जेठ महिनामा पर्ने दशहरा पर्व कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भए पनि जनैपूर्णिमा पर्वमा आंशिक रुपमा तीर्थयात्री सहभागी हुने अपेक्षाको साथमा भन्दै पदमार्गमा पर्ने होटल व्यवसायी सेवा सञ्चालनको लागि तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  २ : ३६ बजे

अभिधम्म पिटकको सान्दर्भिकता

काठमाडौँ । नेपालको वर्तमान लुम्बिनी उद्यानमा ई.पू. ६२३ मा जन्मनुभएका

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट

तिनाउ खोलामा ३.४४ मेगावाटको ‘नमः बुद्ध’ जलविद्युत आयोजना निर्माण हुँदै

बुटवल । भिजन लुम्बिनी लिमिटेड ले पाल्पाको तिनाउ गाउँपालिका-झुम्सा नजिक

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र