१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

सिभिल मलको घोषणा : लकडाउन अवधिको मासिक भाडादरमा ५० प्रतिशत छुट



काठमाडौं । सिभिल मल व्यवस्थापनले लकडाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ ।

विश्वमहामारीको रुपमा फैलिएको कोभिडका कारण सरकारले गरेको लकडाउन अवधिको ४ महिनाको मासिक भाडादरमा व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो ।

सिभिल मल व्यापार संघका अध्यक्ष रत्न बहादुर घिमिरेले चैत देखि असारसम्म ४ महिनामा ५० प्रतिशत छुट, साउन भदौ र असोज गरी ३ महिनाको भाडामा ४० प्रतिशत छुट दिने व्यवपस्थापन पक्षसँग सहमति भएको बताए ।

कार्तिकबाट एक वर्षसम्मको अवधिमा पसलहरुको प्रकृतिअनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिने सहमति पनि व्यवस्थापनसँग बनेको उनले बताए ।

सरकारले साउन ७ गतेसम्म लक डाउन जारी राख्ने निर्णय गरेपनि मलका व्यवसायीहरुले असार १ गतेबाट नै पसल सञ्चालन गरेका थिए । पसल सञ्चालन भएपनि व्यापार शून्य अवस्थामा रहेपछि उनीहरुले भाडादरमा सहुलियत दिन व्यवस्थापन पक्षसँग आग्रह गर्दै आएका थिए ।

सिभिल मल बचाउ अभियान नै सञ्चालन गरेर व्यवसायीहरुले असार २१ गतेबाट शान्तिपूर्ण कार्यक्रमसँगै साँचो समेत हस्तान्तरण गरेका थिए ।

मंगलबार मध्यरातिबाट लागु हुनेगरी सरकारले लक डाउन अन्त्यको घोषणा गरिसकेको छ । सरकारले लक डाउन खोलेपनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ४ : १६ बजे

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा