४ आश्विन २०८०, बिहिबार | September 21, 2023

साउन १६ गतेदेखि एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टले साधारण सेयर निष्काशन गर्ने



काठमाडौं । एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले साउन १६ गतेदेखि प्रतिकित्ता १०० का दरले ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरकोे ३३ लाख ९८ हजार ४६ कित्ता आइपिओ निष्कासन गर्न लागेको हो।

जसमा १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

सर्वसाधारणले न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ तोकेको छ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै मेरोशेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर जनाउछ ।

आर्थिक वर्ष २०७५र७६ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ६ पैसा रहेको थियो यस्तैप्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा रहेको छ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ३ : ४५ बजे

चितवनका ‘पुष्पा र अञ्जली’लाई कोशी पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा

नेकपा एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक

कागेश्वरी मेलाको तयारी पूरा

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र

नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग

नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र