२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

दाङमा छ केजी अफिमसहित चार जना पक्राउ



दाङ । जिल्ला प्रहरी कार्यालय दाङले छ केजी अफिमसहित ४ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

साउन ८ गते दाङको राप्ती गाउँपालिका रातो डाँडास्थित दक्षिणकाली सोल्टी होटलमा लागुऔषधको कारोवार भइरहेको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका– ५ बस्ने ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् ।

उनीहरुको साथबाट छ केजी ९६७ ग्राम अफिम, पाँच थान विभिन्न कम्पनीका मोबाइल सेट, लु४०प ९८०६ नम्बरको मोटरसाइकल र लु१च ६१७१ नम्बरको बोलेरो जीप पनि फेला पारेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा भालुवाङ क्षेत्रमा लागुऔषधको कारोवार बढेको प्रहरीले जनाएको छ । पश्चिम दाङमा प्रहरी क्रियाशील हुँदा लागुऔषध कारोवारीले बाटो परिवर्तन गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले जानकारी दिए ।

यसअघि पनि भालुवाङबाट लागुऔषधकै कारोवार गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
–––

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  २ : ५७ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत