२१ मंसिर २०८२, आइतबार | December 7, 2025

रुपन्देहीको सैनामैनामा ट्रक र पिकअप ठोक्किँदा १ जनाको मृत्यु, ५ जना घाईते



बुटवल । रुपन्देहीको सैनामैनामा आज बिहानै सवारी दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

आईतबार बिहान सैनामैना(१ बनकट्टामा भएको सवारी दुर्घटनामा प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

बुटवलदेखि पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रक एक आपसमा ठोक्कींदा प्युठान स्वर्गद्धारीका खेमराज परियार गम्भीर घाईते भएका छन् भने यमराज घर्तिमगर, चनु घर्तिमगर पिकअपका चालक तेजेन्द्र बहादुर बुढा र दाङ राप्ति गाउपालिका १ का जोठबहादुर घर्तिमगर घाईते भएका छन् । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रक तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको छ । तिब्र गतीका कारण एक आपसमा पिकअप र ट्रक ठोकिएको हुन सक्ने प्रहरीको प्रारम्भी अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ५६ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन