४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकारमा बागलुङका पौडेल नियुक्त



काठमाडौं । सहकारी विज्ञ डा. ज्ञानेन्द्र प्रसाद पौडेल राष्ट्रिय सहकारी विकास बोर्डको सल्लाहकार नियुक्त भएका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको अध्यक्षतामा बसेको सहकारी बोर्डको कार्यकारी समिति बैठकले पौडेललाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९को दफा १६ मा व्यवस्था भए बमोजिम बोर्डको सल्लाहकार नियुक्त पौडेलले ‘क्रेडिट रिस्क मेनेजमेन्ट इन नेपलिज को-अपरेटिभ सोसाइटी’मा विद्यावारिधी गरेका छन् ।

बागलुङ नगरपालिका वडा नं. १२, अमलाचौर निवासी पौडेल करिव दुई दशकदेखि सहकारी अभियानमा संलग्न छन् । पौडेलले सहकारीसम्बन्धी कैयौं पुस्तक तथा अनुसन्धानमुलक लेख प्रकाशित गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको