१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सिद्धि गणेश भद्रकाली बहुउद्देश्यीय सहकारीको रजत महोत्सव



बुटवल । बुटवल-१५ सेमलारस्थित सिद्धि गणेश भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारणसभा तथा रजत महोत्सव शनिबार सम्पन्न भएको छ । रजत महोत्सवको लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले उद्घाटन गरे ।

सोही अवसरमा बोल्दै मन्त्री पाण्डेयले अर्थतन्त्र चलायमान बनाउन सहकारी संस्थाको योगदान महत्वपूर्ण रहेको बताए । सहकारीमा बचत गर्ने मात्रै नभई सेयर सदस्यलाई उत्पादनमूलक क्षेत्रमा कसरी लगाउने भन्नेमा जोड दिनुपर्ने बताए । सहकारी संस्थाहरुले आफ्नो पुँजीलाई उत्पादनमा लगाउनुपर्ने बताउँदै मन्त्री पाण्डेयले भने, ‘अब सदस्यहरुलाई व्यवसायी बनाउनुपर्छ, पुँजीलाई उत्पादनसँग जोड्नुपर्छ ।’ सहकारीले धेरैलाई रोजगार दिएको उल्लेख गर्दै उनले अब रोजगारसँगै उत्पादनमा जोडिन सुझाव दिए । ठूला व्यवसाय सञ्चालन गरेर एकैपटक धेरैलाई रोजगार दिन सकियो भने मात्र आर्थिक समृद्धि हुने मन्त्री पाण्डेयको भनाइ छ । सहकारीले आफ्ना योजनाहरुसहित प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्दै अगाडी बढेमा उचित योजनाहरुलाई सफल पार्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहकारीका अध्यक्ष पिताम्बर खरालले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । छरिएर रहेको पुँजीलाई एकीकृत गरी झोलाबाट सुरु भएको सहकारी अहिले सुविधा सम्पन्न भौतिक पूर्वाधारसहित नमूना सहकारीको रूपमा अगाडि बढाइएको जानकारी दिए । आफ्नो कार्यकाल सफल र उदाहरणीय बनाउन सक्दो प्रयास गर्ने बताउँदै अध्यक्ष खरालले संस्थाको छविलाई अझ उचाइमा पु¥याउन सधैं लागिरहने प्रतिवद्धता जनाए । संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक पर्ने बताउँदै उनले सबैलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र शर्मा, शुद्धोधन गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवि ज्ञवाली, संस्थाका सल्लाहकार तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन, संस्थाका सल्लाहकार गोमादेवि आचार्य लगायतले बोल्दै सहकारीको एकीकृत पुँजीलाई उद्योग धन्दा र पर्यटन विकासमा लगानी गर्न सकिए आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिए ।

कार्यक्रममा लेखा समिति संयोजक विनोद आचार्यले लेखा समितिको प्रतिवेदन पेश गरे । हाल सहकारीमा ६ हजार १८० जना शेयर सदस्य रहेका छन् । भने शेयर पूँजी ७ करोड १८ लाख ९३ हजार चार सय रुपैयाँ रहेको छ । सहकारीले ७ करोड २० लाख ४५ हजार ६२१ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले रुद्रपुर, बाँसगढी, भुजौली, हिरापुर, मोतिपुर र देविनगरमा सेवा केन्द्र विस्तार गरी आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले दुध संकलन केन्द्र, दुध बिक्री केन्द्र, सहकारी बजार, मलखाल बिक्री केन्द्र, दाना चापट बिक्री केन्द्रसमेत सञ्चालन गरेको छ ।

कार्यक्रममा संस्थाको रजत महोत्सवको अवसरमा प्रकाशन गरीएको स्मारीकासमेत बिमोचन गरिएको स्मारिका प्रकाशन संयोजक देविप्रसाद श्रेष्ठले जानकारी दिए । संस्थाका अध्यक्ष पिताम्बर खरालको अध्यक्षता, उपाध्यक्ष मिना थापा क्षेत्रीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव शालिकराम शर्माले गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ०१ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह