१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

कैदीबन्दीको पिसिआर परीक्षण गराउन उच्च अदालतको अन्तरिम आदेश



नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कारागार तथा बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबालिकासित दिनानुदिन सम्पर्कमा आउने सुरक्षाकर्मी र कर्मचारीको पिसिआर परीक्षण गराउन अन्तिरिम आदेश जारी गरेको छ ।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश हेमराज पन्तको एकल ईजलासले कैदीबन्दी तथा बालसुधार गृहमा रहेका बालबालिकासँग संसर्गमा रहने सुरक्षाकर्मी र कर्मचारीहरुको पिसिआर परीक्ष्ण गराउन अन्तरिम आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँके, कारागार कार्यालय बाँके,बाल सुधारगृह डुडुवा, स्वास्थ्य कार्यालय बाँके र ती कार्यालयका प्रमुखलाई बिपक्षी बनाएर अदालतमा परेको निबेदनको सुनुवाई गर्दै बिपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अन्तिरिम आदेशमा कारागार तथा बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबालिकासित दिनानुदिन सम्पर्कमा आउने सुरक्षाकर्मी र कर्मचारीहरुलाई कोरोना संक्रमण भए नभएको एकिन गर्न पिसिआर परीक्षण गराउने, पिसिआर परीक्षण गर्न सबै जनाको एकै साथ सम्भव नभएमा जेष्ठ नागरिक, अन्य रोगबाट पीडित व्यक्ति,नाबालक,महिलाहरुको पहिलो चरणमा र त्यसपछि चरणबद्ध रुपमा परीक्षण गराई राख्ने, कारागार वा बाल सुधार गृहमा नयाँ आउने कैदीबन्दी वा बालबालिका र सुरक्षाकर्मी एवम् कर्मचारीहरुलाई अनिवार्य कोरोना परीक्षण गराउन आदेश गरेको छ ।

अदालतले हाल भैरहेको कारागार एवंम् बाल सुधार गृहमा स्थान अभावको अवस्था रहेको हुँदा सामाजिक दुरी त्यति संम्भव नदेखिए पनि संम्भव भएसम्म सामाजिक दुरी कायम गर्न लगाई मास्क,सेनिटाईजर एवंम् साबुन जस्ता स्वास्थ्य मापदण्डहरुको अनिवार्य पालना गर्न लगाउने, कैदीबन्दी तथा बालबालिकाका लागि बाहिरबाट ल्याईने खाद्य सामग्री समेतलाई सेनिटाइज गरी मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन बिपक्षीलाई आदेश दिएको छ ।

कारागारमा ड्युटि गर्ने सुरक्षाकर्मी र कैदीबन्दीमा समेत कोरोना देखिन थालेपछि उनीहरुको स्वास्थ्य माथिको हक दिलाउन भन्दै नेपालगन्ज्का अधिवक्ताहरु सुनिल श्रेष्ठ, बसन्त गौतम, लोकबहादुर शाह, बल बहादुर चन्द लगायतले मरमादेश सहित अन्तरिम आदेसको रिट निबेदन अदालतमा दर्ता गराएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १० : २२ बजे

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन । देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म

रास्वपा नवलपरासीका सभापति ठकुरी नेपाली कांग्रेसमा प्रवेश

नवलपरासी । प्रतिनिधिसभा निर्वाचन हुन एक साता बाँकी रहँदा राष्ट्रिय

सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’ नीति

काठमाडौं । नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को

फागुन २० गतेदेखि मतदान सम्पन्न नहुँदासम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान