४ पुस २०८२, शुक्रबार | December 19, 2025

वरिष्ठ सङ्गीतकार भोला जोशीको निधन



हेटौँडा । वरिष्ठ सङ्गीतका उस्ताद भोला जोशीको आज आइतबार निधन भएको छ ।

रेडियो नेपालका सङ्गीतकार तथा नेपाल प्रज्ञा प्रतिष्ठान, सङ्गीत विभागको नेतृत्व गरिसकेका जोशीको ८० वर्षका उमेरमा हेटौँडास्थित आफ्नै निवासमा निधन भएको रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले जानकारी दिए ।

दम, मधुमेह तथा उच्च रक्तचापले ग्रसित जोशी लामो समयदेखि गृहनगर हेटौँडामा थलिएर बसेका थिए । विसं २०२२ देखि रेडियो नेपालमा सङ्गीत सिर्जनामा लागेका जोशीलाई रेडियो नेपालले ‘उस्ताद’ उपाधि दिएको सङ्गीतकर्मी बताउँछन् । हालका चर्चित सङ्गीतकार चेतन सापकोटा, शिखर सन्तोषलगायत थुप्रै गायकगायिकालाई सङ्गीत प्रशिक्षण दिनुभएका जोशी शिक्षण पेशामा आबद्ध छन् ।

नातिकाजी, शिवशङ्कर, नरराज ढकालजस्ता सङ्गीत साधकसँग रहेर सङ्गीत सिर्जना, वाद्यवादन तथा गायनमा लामो समयसम्म योगदान दिएका जोशीको निधनले देशको सङ्गीत क्षेत्रमा अपूरणीय क्षति पुगेको सङ्गीतकार सापकोटा बताउँछन् । ‘सङ्गीतको कखरा सिकाउनुहुने गुरुको निधनले दुखित बनाएको छ’, उनले भने । रासस

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको