४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालमा आजबाट तीन चारदिन मनसुन सक्रिय, विभिन्न १० जिल्लामा हाइअलर्ट, बाढी पहिरोको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै नेपालको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ ।

अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा निरन्तर बर्षा भइरहेको छ । अझै केहि घण्टा बर्षा जारी रहने सम्भावना रहेको छ भने आजबाट तीन चारदिन नेपालमा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ४ बजे तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

त्यस्तै आजै विहान ४ बजे मापन गरिएको तथ्यांक अनुसार पछिल्लो ३ घण्टामा चितवन, धादिङ, तनहूँ, स्याङजा, कास्की, पाल्पा, गुल्मी नवलपरासी, कपिलबस्तु‍, रूपन्देही र आसपासका क्षेत्रमा भारी बर्षा भएकाले ती जिल्लाका साना खोलाहरुमा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज देशभरको मौसममा सामान्य वदली हुनेछ । केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने सम्भावना रहेको छ ।

आज राती देशका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ७ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको