२ पुस २०८२, बुधबार | December 18, 2025

मौसम विज्ञान विभागको चेतावनी : तीन दिन भारी वर्षा हुनसक्छ सर्तक रहनु !



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मध्यपहाडी क्षेत्रमा आगामी तीन दिन भारी वर्ष भएर नदीहरुको जल सतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

गत हप्ताभन्दा केही कमजोर वर्षा भएपनि मध्यपहाडी क्षेत्र भएर बग्ने ठूला नदीका सहायक नदीहरुमा पानीको सहत बढ्ने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको हो ।

गण्डकी प्रदेशका काली गण्डकी, सेती गण्डकी तथा प्रदेश नम्बर ५ का पश्चिम राप्ती, तिनाउ र बबई नदीका सहायक नदीहरुमा पानीको बहाब बढ्ने सम्भावना रहेको विभागका सूचना अधिकारी विक्रम श्रेष्ठ जुवाले बताए ।

आगामी तीन दिन १३, १४ र १५ गते गण्डकी र प्रदेश नम्बर ५ सँगै सुदूरपश्चिमका कञ्चनपुर र डडेल्धुरामा समेत बाढीको सम्भावना रहेको छ । प्रदेश नम्बर २ का बारा, पर्सा र सप्तरीमा पनि बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन उनले आग्रह गरे ।

विभागले चितवन, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, बागलुङ भएर बग्ने साना नदीहरुमा आकस्मिक बहाबको उच्च सम्भावना रहेको जनाएको छ ।

यस्तै, म्याग्दी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा रुकुम, प्युठान, सल्यान, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर भएर बग्ने साना नदीमा पनि बहाब बढ्ने सम्भावना उच्च छ ।

बाढीसँगै मध्यपहाडी क्षेत्रमा पहिरो र तराईको केही स्थानमा डुबान हुन सक्ने श्रेष्ठले बताउनुभयो । प्रदेश नम्बर १, २ स्थान, प्रदेश नम्बर ५ का केही स्थान र सुदूरपश्चिम प्रदेशमा पनि केही क्षेत्रमा डुबान हुन सक्ने उनले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : ५७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल