११ चैत्र २०८२, बुधबार | March 25, 2026

मौसम विज्ञान विभागको चेतावनी : तीन दिन भारी वर्षा हुनसक्छ सर्तक रहनु !



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मध्यपहाडी क्षेत्रमा आगामी तीन दिन भारी वर्ष भएर नदीहरुको जल सतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

गत हप्ताभन्दा केही कमजोर वर्षा भएपनि मध्यपहाडी क्षेत्र भएर बग्ने ठूला नदीका सहायक नदीहरुमा पानीको सहत बढ्ने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको हो ।

गण्डकी प्रदेशका काली गण्डकी, सेती गण्डकी तथा प्रदेश नम्बर ५ का पश्चिम राप्ती, तिनाउ र बबई नदीका सहायक नदीहरुमा पानीको बहाब बढ्ने सम्भावना रहेको विभागका सूचना अधिकारी विक्रम श्रेष्ठ जुवाले बताए ।

आगामी तीन दिन १३, १४ र १५ गते गण्डकी र प्रदेश नम्बर ५ सँगै सुदूरपश्चिमका कञ्चनपुर र डडेल्धुरामा समेत बाढीको सम्भावना रहेको छ । प्रदेश नम्बर २ का बारा, पर्सा र सप्तरीमा पनि बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन उनले आग्रह गरे ।

विभागले चितवन, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, बागलुङ भएर बग्ने साना नदीहरुमा आकस्मिक बहाबको उच्च सम्भावना रहेको जनाएको छ ।

यस्तै, म्याग्दी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा रुकुम, प्युठान, सल्यान, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर भएर बग्ने साना नदीमा पनि बहाब बढ्ने सम्भावना उच्च छ ।

बाढीसँगै मध्यपहाडी क्षेत्रमा पहिरो र तराईको केही स्थानमा डुबान हुन सक्ने श्रेष्ठले बताउनुभयो । प्रदेश नम्बर १, २ स्थान, प्रदेश नम्बर ५ का केही स्थान र सुदूरपश्चिम प्रदेशमा पनि केही क्षेत्रमा डुबान हुन सक्ने उनले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : ५७ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग