१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

अजोड इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचिकृत,ओपनिङ रेन्ज ९७ रुपैयाँ देखि २९१ रुपैयाँ, मंगलबारदेखि कारोबार खुल्ने



काठमाडौं । अजोड इन्स्योरेन्सले सर्वसाधारणलाई जारी गरेको शेयर नेप्सेमा सूचीकृत गरेको छ। कम्पनीले सोमबार एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत गरेको हो।

शेयर कारोबार मंगलबारेदेखि खुल्ने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ९७ रुपैयाँ देखि २९१ रुपैयाँ तोकेको छ ।कम्पनीको शेयरलाई कारोबार संकेत एआईएल पाएको छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो   । त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई छुट्टाइएको थियो भने ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्टाइएको थियो। यस्तै बाँकी रहको २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गरेको थियो।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुगेको छ । जसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर कायम भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ३ : ५१ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै